काठमाडौं- नेपाली कांग्रेसको दोश्रो जागरण अभियानमा अन्य दलबाट ५३ हजार ४७९ जना कांग्रेसमा प्रवेश गरेको दाबी गरिएको छ।
केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले मुख्य गरि सत्तारुढ कम्युनिष्ट पार्टीबाट कांग्रेसमा प्रवेश गर्नेहरु बढेको बताए।
प्रथम चरणको ३१ हजार ६४२ कांग्रेसमा प्रवेश गरेको दाबी गरिएको थियो। अघिल्लो चरणभन्दा यस पटकको तुलनात्मक रुपमा झण्डै दोब्बर संख्यामा प्रवेश गरेको भन्दै कांग्रेस उत्साहित देखिएको छ।
अभियानका क्रममा पार्टी प्रवेश गर्नेका लागि आवश्यक प्रशिक्षण गरिने पार्टीले जानकारी गराएको छ ।
पन्ध्र दिनको अवधिमा वडा, गाउँ–नगर, क्षेत्र र जिल्ला तह समेतमा गरी ८ हजारभन्दा बढी कार्यक्रम गरिएको शर्माले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।