काठमाडौं- नेपाली फौजीको कथा वस्तुलाई समेटर दसैंको उपलक्ष्यमा 'फौजी जागिर' बजारमा आएको छ।
प्रभावन जेको शब्द तथा संगीत रहेको गीतमा प्रभावन, विवेक चौलागाईं, गीतादेवी र जीवन बडुको आवाज रहेको छ।
प्रभावनकै निर्देशन रहेको म्युजिक भिडियोमा रामशरण जंगम, प्रह्लाद खरेल, सुर्दशन सिग्देल, हेरुका लामा, सरिता राजउपाध्याय, आभा नेपाल, सुष्मा ढकाल, बद्रि दंगाल र गोकुल चौलागाईंले अभिनय गरेका छन्।
केही समयअघि 'चरी मैना' बजारमा ल्याएका विवेकको यो पाँचौं गीत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।