काठमाडौं- महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धर लामो समयपछि एकैसाथ म्युजिक भिडियोमा देखिएका छन्। गीत ‘चट्ट बसम् देउरालीमा’को भिडियोमा राजेश र करिश्मा फिचर भएका हुन्।
राजेश र करिश्मा अभिनित एक समयको सफल चलचित्र साथीको चर्चित गीत 'मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेउ न'को स्मरण गर्दै गीतको भिडियोलाई कथात्मक शैलीमा सुरु गरिएको छ। गीतमा राजेशले करिश्मालाई आफूले अंग्रेजी सिकेको कुरा स्मरण गराएको र राजेशले प्रेम प्रस्ताव राखेको दृश्यलाई जीवन्त शैलीमा प्रस्तुत गरिएको छ।
दीपक शर्माको शब्द र संगीत रहेको गीतमा नेपाली गजल र सुगम संगीतमा लामो समय खर्चिएका भिम चापागाईंले गायिका मेलिनासँगको युगल गायनमा तयार गरेको डान्सिङ बिटको गीतमा देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको छ।
उत्सव दाहालले छायांकन गरेको गीतको सम्पादन अच्युत बजागाईंले गरेका छन्। कुनै समय चलचित्रमा एकसाथ काम गरेर वाहवाही पाएको यो जोडीले फेरि एकसाथ काम गर्दा गीतले फिल्मकै झल्को दिएको कतिपयले प्रतिक्रिया दिएका छन्।
भिडियोः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।