काठमाडौं– २४ वर्षदेखि फरार ज्यान मार्ने उद्योगका एक अपराधीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्व महानगरपालिका–१२ का समिम अख्तर अन्सारी छन्। उनलाई सर्वोच्च अदालतले २०५२ जेठ २५ गते ज्यान मार्ने उद्योगमा ४ वर्ष ११ महिना १० दिनको कैद फैसला सुनाएको थियो।
फरार अन्सारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले शनिबार राति साढे ८ बजे उनकै गाउँबाट पक्राउ गरेको हो। फैसला कार्यान्वयनका लागि अदालत लैजान लागिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।