जनकपुर- अवैध चाँदीसहित जनकपुरका एक व्यापारी र अर्का एक जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ।
धनुषाको जटही सिमाना नाकाबाट बा११च १२५० नम्बरको टाटा सुमोमा करिब ७ किलो चाँदी भारत लैजाँदै गर्दा उनीहरुलाई प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा जनकपुरका ठाकुर ज्वेलर्सका सञ्चालक सुरेश ठाकुर र भारत बिहारको मधुवनीका धिरज ठाकुरलाई पक्राउ गरिएको जनाइएको छ।
साँझ करिब ६ बजे पक्राउ गरिएका उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।