• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सी विचार आज विश्वव्यापी बहसको विषय बनिरहेको छ

64x64
नेपाल लाइभ सोमबार, असोज ६, २०७६  २०:४१
1140x725

चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीका बीचमा आपसी अनुभव आदान–प्रदान गर्न आयोजित यस कार्यक्रमप्रति खुसी व्यक्त गर्दछु।

चिनियाँ कम्युनिस्ट पार्टीले हासिल गरेको सफलताले विश्वभरीका कम्युनिस्टलाई गौरवान्वित बनाएको छ। कम्युनिस्ट पार्टी स्थापनाको झण्डै १०० वर्ष र जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्षगाँठको यस अवसरमा सम्पूर्ण चिनियाँ जनता र कमरेड सि चिनफिङ नेतृत्वको कम्युनिस्ट पार्टीका सबै कमरेडहरुलाई म हार्दिक बधाई दिन चाहन्छु। साथै समृद्ध, सबल र सुसंस्कृत, चिनियाँ विशेषता सहितको समाजवादी चीन निर्माण गर्ने महान् अभियानमा अझ व्यापक सफलता मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।

नेपाल र चीनबीच सदियौंदेखि जनस्तरको सम्बन्ध रही आएको छ। अभिलेखित इतिहास अनुसार चिनियाँ महान् बौद्ध भिक्षु फाँसियानको लुम्बिनी यात्रा, नेपालका बौद्ध विद्वान बुद्धभद्रको चीन यात्रा, चिनियाँ बौद्ध विद्वान वेन साङको लुम्बिनी यात्रा र नेपाली राजकुमारी भृकुटीको तिब्बती राजासँगको विवाह जस्ता पाँचौं शताब्दीको सुरुदेखि सातौं शताब्दी भित्रका घटनाले १६०० वर्ष अघिको हाम्रो सांस्कृतिक सम्बन्धको गहिराई आकलन गर्न सकिन्छ।

१३ औं शताब्दीमा नेपाली कलाकार अरनिकोको नेतृत्वको टोलीले बनाएको बेइजिङ सहरको मध्यभागमा रहेको विशाल श्वेत चैत्य र उथाइसानको श्वेत चैत्य हाम्रा ऐतिहासिक सम्बन्धका शिखर नमुना हुन्। त्यही ऐतिहासिक विरासतमा उभिएर सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएपछि नेपाल र चीनबीच आधुनिक सम्बन्ध निरन्तर विकास हुँदै आएको छ। एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेप, सार्वभौम समानता, समझदारी, मित्रता र असल छिमेकीपन हाम्रा सम्बन्धका आधारभूत मान्यता हुन्।

नेपालले शब्दमा मात्र होइन व्यवहारमै एक चीन नीतिलाई दृढतापुर्वक अवलम्बन गरेको छ र नेपाली भूमिमा चीन विरोधी गतिविधि नसहने नीति हाम्रो सम्बन्धको एक आधारभूत कडी हो। नेकपाको वैदेशिक नीतिमा हामीले यो विषय स्पष्ट ढंगले उल्लेख गरेका छौं।

नेपालको आर्थिक सामाजिक विकासमा चीनको सहयोग एकदमै महत्वपुर्ण छ। म चीनको उदार सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहन्छु।

चिनियाँ सरकार र जनता चीनका महामहिम राष्ट्रपति सि चिनफिङले अगाडि सारेको बिआरआईले नेपालका लागि पुर्वाधार विकासको अपरिहार्य आवश्यकता, कृषिको आधुनिकीकरण, औद्यौगीकरण तथा सामाजिक विकासका लागि चाहिने पुँजी र प्रविधिमा पहुँच बढाइदिन्छ। त्यसैले बढो सोची विचारी विआरआई सम्बन्धी साझा समझदारी पत्रमा मेरै प्रधानमन्त्रीत्वकालमा हस्ताक्षर गरेका हौं।

हालका दिनमा बिआरआईको फ्रेमवर्कमा रहेर उच्चतहमा राजनीतिक समझदारी, आर्थिक क्रियाकलाप र सांस्कृतिक तथा जनस्तरको सम्बन्ध निरन्तर विकसित हुन गइरहेको छ। हालै नेपालका सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको ऐतिहसिक राजकीय भ्रमण, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण तथा चीनका स्टेट काउन्सलर तथा परराष्ट्रमन्त्री वाङ यी को नेपाल भ्रमणले यो प्रक्रियालाई नयाँ उचाईतिर लगिरहेका छन्। यस पृष्ठभूमिमा सरकारले यथोचित तयारी गरी चीनको तर्फबाट ऐतिहासिक उच्चस्तरीय भ्रमण गराउने कुरामा हामी विश्वस्त छौं।

Ncell 2
Ncell 2
nimb
nimb

कुनै पनि राजनीतिक प्रणाली जनताको जीवनस्तर उकास्ने एक साधन मात्र हो, साध्य होइन। राजनीतिक प्रणाली समाज विकासको विशिष्ट आवश्यकताको उपज हो। त्यसैले इतिहासका विभिन्न कालखण्डमा समाजको विशिष्ट आवश्यकता अनुसार राजनीतिक प्रणाली वा वादको जन्म र विकास भएको पाइन्छ। युरोपको औद्योगिक क्रान्ति र पुँजीवादको तीव्र विकाससँगै श्रमको चरम दोहनको जगमा मार्क्सवादको जन्म भयो।
मार्क्सवादकै आलोकमा जनवादी क्रान्ति सम्पन्न गरी चिनियाँ विशेषता सहितको समाजवाद निर्माणको मौलिक मार्ग मार्फत आर्थिक विकासको नयाँ उचाई हासिल गरेको चीनबाट मानव जातिले शान्ति, स्थिरता र समृद्धिको उचित अपेक्षा गरेको छ। चिनियाँ शैलीको समाजवाद बारे अहिले विश्वव्यापी बहस चलिरहेको छ। राजनैतिक रुपमा चिनियाँ कम्युनिष्ट पार्टीले सत्तामा बसिरहने वैद्यता जनताको अपेक्षा पूरा गरेको  आधारमा प्राप्त हुन्छ भन्ने मान्यता राख्छन्।

संसारको कुनै शासन प्रणालीले दिन नसकेको चिनियाँ जनताको आत्मसम्मान, गौरव र तीव्रतम् गतिको आर्थिक विकास जनतालाई चिनियाँ कम्युनिस्ट पार्टीले दियो। ९ करोड सदस्य भएको चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरुको अनुशासनको पालना निक्कै उदाहरणीय रहेको छ। कम्युनिस्टहरुमा अनुशासन भएन भने कुनै पनि रुपान्तरणको नेतृत्व गर्ने नैतिक शक्ति बाँकी रहँदैन। विचारको स्पष्टता र संगठनात्मक अनुशासन नै कम्युनिस्ट पार्टीको औचित्यका प्रमुख आधार हुन्। महासचिव सी चिनफिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले गरेको विकासको मूल आधार यसैमा निहित रहेको छ।

चिनियाँ शैलीको समाजवादबाट हामीले के सिक्न सक्छौं भन्ने विस्तृत जानकारी विज्ञहरुबाट आज र भोलिको छलफलमा तपाईं नेकपाका सदस्यहरुले पाउनु हुने नै छ।

राष्ट्रपति सिले कनेक्टिभिटी, साझा प्रयत्न, साझा लगानी र उपलब्धीमा साझा स्वामित्वबाट दीगो अन्तर्राष्ट्रिय सम्बन्ध तथा साझा समृद्धि हासिल गर्न सकिन्छ र हाम्रो भविष्य अन्तरनिर्भर छ भन्ने दृष्टिकोण अगाडि ल्याउनु भएको छ। चिनियाँ शैलीको समाजवादबाट समुन्नत चीन निर्माण गर्ने लक्ष्य हासिल गर्न र चीनको विकासलाई चुनौती ठान्नेहरुसँग बिना शत्रुता विकासको चाहना गरेका तर साधन र क्षमता नभएका विकासोन्मुख मुलुकलाई साथै लिएर अगाडि बढ्न बाटो अवलम्बन गरेको देखिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

समाजवादमा कम्युनिस्टले जनताको सेवा गरेर उनीहरुको मन जितेर मात्र शासनको वैधता प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। तर शासनमा बस्नेहरु बिस्तारै अनुशासनमा नबस्ने र जनताको सेवा गर्न भन्दा धनीमानीको पक्षमा वा सुखसुविधामा लागेमा कम्युनिस्टको शासन गर्ने वैधता समाप्त हुन्छ। त्यसैले जनताको मन जित्न सक्षमलाई नेतृत्व सुम्पने र निरन्तर जनताको समर्थन पाउन अनुशासनमा रहनुपर्दछ।

समाज समृद्ध हुनका लागि साँस्कृतिक रुपले समुन्नत हुनुपर्छ भन्ने मान्यताले महान् चिनियाँ सभ्यताको पुनर्जागरणलाई समाजवादी समाज विकासका अपरिहार्य शर्तका रुपमा महासचिव सि चिनफिङले अगाडि सार्नु भएको छ। यिनै आधारभूत विशेषताका कारण महासचिव सि चिनफिङ विचार आज विश्वव्यापी बहसको विषय बनिरहेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको लामो अनुभवबाट समेत शिक्षा लिँदै हामीले नेपाली विशेषता अनुसार कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्ने र समाजको राजनीतिक, आर्थिक र साँस्कृतिक रुपान्तरण गर्ने प्रयत्न गर्दै आएका छौं। कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपाली जनताले चलाएको सशस्त्र र शान्तिपूर्ण संघर्ष एवम् बलिदानको लामो श्रृंखलापश्चात नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको स्थितिमा आइपुगेको छ।

इतिहासका सबै सकारात्मक र नकारात्मक अनुभवहरुको समीक्षा सहित नेपालका दुई प्रमुख कम्युनिस्ट पार्टीहरुको एकताले नेपाली जनतामा स्थिरता र समृद्धिको नयाँ आशा र भरोसाको सन्देश दिएको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न अहिले शान्तिपूर्ण प्रतिस्पर्धा र लोकप्रिय मतसहित सरकारको नेतृत्व गरिरहेको हाम्रो नेपाल कम्युनिस्ट पार्टीले जोड लगाइरहेको छ। सामाजिक न्याय सहितको आर्थिक समृद्धि मार्फत समाजवादको आधार तयार पार्ने हाम्रो स्पष्ट रणनीति रहेको छ। नेपालको संविधानले नै समाजवाद उन्मुख राज्यको ठोस दिशानिर्देश गरेको छ।

यस सन्दर्भमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीको यो अन्तरसम्वाद कार्यक्रमले एक अर्काका अनुभवबाट सिक्ने र आ–आफ्ना विशेषता अनुसार समाजवाद निर्माणको दिशामा अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास मैले लिएको छु।

( सी चिनफिङ विचारधाराबारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच छलफल कार्यक्रममा प्रस्तुत नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे विचार)

प्रकाशित मिति: सोमबार, असोज ६, २०७६  २०:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हुम्लामा चार करोड खसीको व्यापार
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
हुम्लामा चार करोड खसीको व्यापार मंगलबार, कात्तिक १०, २०८३
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा मंगलबार, कात्तिक १०, २०८३
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय मंगलबार, कात्तिक १०, २०८३
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने मंगलबार, कात्तिक १०, २०८३
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी ! मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्