काठमाडौं- सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखहरूको बैठकमा भाग लिन कजाकस्तान प्रस्थान गरेका छन्। 
सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार कजाकस्तान  प्रस्थान गरेका हुन्।सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका सभामुखहरुको चौथो बैठकमा भाग लिन महरा त्यसतर्फ गएका हुन्। 
सभामुख सहितको टोलीमा प्रतिनिधि सभाका सांसद मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि छन्। उक्त टोलीमासंसद सचिवालयका प्रमुख लेखा नियन्त्रक बसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन पनि छन्। 
सभामुख महराले सम्बोधन गर्ने कार्यक्रममा कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत बरुण चौधरी र प्रतिनिधि सभा सदस्य विनोद चौधरी पनि सहभागी हुने बताइएको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।