काठमाडौं- चौथो संविधान दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा विभिन्न सांस्कृतिक झाँकी र सैनिक कौशल प्रदर्शन गरिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको समेत उपस्थितिमा आयोजित उक्त समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए।
संविधान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो।
यसैगरी विकास निर्माण र नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित झाँकी पनि प्रदर्शन गरिएको थियो। समारोहमा सहभागीले हातहातमा राष्ट्रिय झन्डा प्रदर्शन गरेका थिए। रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।