बुध्दले थप्यो जहाज, आइपुग्यो काठमाडौं

नेपाल लाइभ | २०७६ भदौ २८ शनिबार | Saturday, September 14, 2019 २०:५७:०० मा प्रकाशित

काठमाडौं- बुध्द एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ। बुद्धले खरिद गरेको एटिआर-७२ जहाज शनिबार काठमाडौं अवतरण गरेको हो। 

यससँगै बुध्द एयरको जहाज संख्या १३ पुगेको छ।  बुद्धसँग एटिआर-७२ जहाज मात्र ८ वटा भएका छन्। बुध्दसँग ३ वटा एटिआर-४२ र २ वटा बीच १९०० ‘डी’ जहाज छन्। 

बुध्दले थप अर्को जहाज अक्टोबर महिनामा भित्र्याउन लागेको जानकारी दिएको छ।

यस नयाँ जहाजबाट बुध्द एयरले दशैंअघि नै उडान थाल्ने जनाएको छ।