भिभोको चाडपर्व अफर सार्वजनिक, १० जनालाई बाली भ्रमण

नेपाल लाइभ | २०७६ भदौ २६ बिहीबार | Thursday, September 12, 2019 २२:०४:०० मा प्रकाशित

काठमाडौं- दशैंतिहारका अवसरमा भिभो मोबाइलले उपहारसहितको बिक्री योजना सार्वजनिक गरेको छ।

नेपालका लागि भिभो मोबाइलको आधिकरिक बिक्रेता एपेक्स मनकामना प्रालिले ग्राहक तथा बिक्रेताहरुलाई उपहार प्रदान गर्ने घोषणा बिहीबार गरेको हो।

कम्पनीले काठमाडौंमा वितरक भेलासमेत सम्पन्न गरेको छ। भेलामा १३ वितरकलाई दशैंतिहारलक्षित योजनाबारे जानकारी गराइएको थियो।

उपहार योजना अन्तर्गत भिभो मोबाइल किन्ने १० जना भाग्यशाली ग्राहकलाई इन्डोनेसियाको बाली भ्रमण, १५ जनालाई स्मार्ट टीभी, ४२ जनालाई स्मार्ट फोन, १६० जनालाई भिभो ब्याक तथा उक्त अवधिभर भिभो मोबाइल किन्ने सबै ग्राहकलाई स्क्रिन र रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध गराउने एपेक्स मनाकामनाका व्यापार प्रमुख सुशील न्यौपानेले जानकारी दिए।

त्यसैगरी, भिभोका वितरक तथा मोबाइल बिक्रेतालाई पनि विभिन्न ट्राभल प्याकेज उपलब्ध गराउने योजना कम्पनीले ल्याएको छ।

यो योजनामा ३४ जना वितरक तथा भिभो मोबाइल बिक्रेतालाई भिभोको नयाँ मूख्य कार्यालय भ्रमण गराउने लक्ष्य लिएको छ। मोबाइल आयात तथ्यांकअनुसार भिभो मोबाइल तेस्रो ठूलो मोबाइलका रुपमा रहेको छ।