• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बलात्कार प्रयासपछि दिल्लीमा नेपाली बालिकाको हत्या : कहाँ पुग्यो केस? [फलोअप]

64x64
नेपाल लाइभ बिहीबार, भदौ २६, २०७६  २२:१५
1140x725

नयाँ दिल्ली-  बाजुरा स्थायी ठेगाना भएकी ९ वर्षीया बालिका लक्ष्मी चँदाराको बलात्कार प्रयासपछि नयाँ दिल्लीमा हत्या भएको दुई महिना पुग्नै लाग्यो। तर, अदालतमा चलिरहेको मुद्दाले निष्कर्ष पाउन सकेको छैन।

घटना भएको दिनको सिसिटिभी फुटेज हेरेपछि इन्टेलिजेन्स ब्युरो (आइबी) का रजनिकान्त कुमारको टोलीले ‘सनु’ भनेर चिनिने भारतीय नागरिक बसिम अहमदलाई पक्राउ गरेको थियो। अहिले उनी थुनामा छन्। ९० दिनसम्म थुनामा राख्न पाउने नियम अनुसार उनी पक्राउ परे पनि डिएनए परीक्षण गर्न भने बाँकी नै छ।  

बलात्कार प्रयासपछि मुस्लिम नागरिक बसिमले हत्या गरेको मुद्दा अहिले अदालतमा चलिरहेको छ। गत साउन २२ गते उनले अदालतमा ‘मलाई अपराधीबाट मुक्त गरिपाऊँ’ भनेर निवेदन दिएका छन्। बसिमको तर्फबाट आफन्तहरु यो केस लडिरहेका छन् भने पीडित पक्षको तर्फको पक्षबाट भारतीय सरकारी वकिल संगीता रानाले यो केस हेर्दैछिन्।

बसिमले पैसाको चलखेल गरेर थुनामुक्त हुने प्रपञ्च रचिरहे पनि डिएनए टेस्टपछि मात्र वास्तविक फैसला हुने वकिलहरु बताउँछन्।

आश्वासनको अल्झो
यो केसमा न्यायका लागि यतिबेला बाजुरा बाह्रबिसेका खगेन्द्र सिंह लागिपरेका छन्। भारतलाई २० वर्षदेखि कर्मथलो बनाएका उनी नेपाली जनसम्पर्क समितिका क्षेत्रीय महासचिव पनि हुन्। समितिकी अध्यक्ष सुनिता कुँवर, उपाध्यक्ष रतनबहादुर शाही र नागेन्द्र जैशीले पनि उनलाई साथ दिइरहेका छन्। 

खगेन्द्र सिंह र रतनबहादुर शाही

यो केसमा भारतीय प्रहरीले पीडित पक्षको न्यायका लागि सहयोग गर्न त गरेको छ, तर देखावटी रुपमा मात्र। 

भारतस्थित नेपाली दूतावाससँग यस घटनाबारे बुझ्न खोज्दा यो केसलाई हेरिरहेका एसएसपी प्रकाश अधिकारीसँग सम्पर्क हुन सकेन। पीडित पक्षलाई दूतावासले ‘हामीले भारतीय गृह मन्त्रालयबाट न्याय दिलाउनका लागि दबाब दिने काम गरेका छौं। निरन्तर जानकारी लिइरहेका छौं’ भन्ने प्रतिक्रिया दिएको छ।

भारत सरकारले घटनालगत्तै पीडित पक्षलाई आर्थिक सहयोग दिलाउने वचन त दियो। तर मृतक लक्ष्मी चँदाराका बुबा, आमाको नाममा भारतीय बैंकमा निजी खाता नभएपछि क्षतिपूर्ति पाउन धेरै समय लाग्यो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरी थानाबाट आइओ कागज बनाएर पीडित पक्ष नेपाली नागरिक हुन्, उनीहरु समस्यामा छन्। बैंकमा खाता खोल्ने अनुमति दिनू भन्ने व्यहोराको लिखित कागज बनाएपछि मात्र बैंकले खाता खोलिदिन स्वीकार गरेको थियो। पहल गरेको एक हप्तापछि मात्र बैंकमा खाता खोलिएको मृतक लक्ष्मीका बुवा देव चँदारा बताउँछन्।

चँदारा दम्पती

पीडित पक्षलाई गत साउन २२ गते अदालतमा बोलाइएको थियो। पुन: उनीहरुलाई बोलाइएको छ। ‘क्षर्तिपूर्ति बापत कति पैसा पाउने भनेर तोक्ने कुरा बताइएको छ,’ पीडित देव (मृतकका बाबु) का साला नाता पर्ने रवीन्द्र विकले नेपाल लाइभसँग भने, सुरुमा एक लाख रुपैयाँ र बाँकी किस्तामा दिने आश्वासन मिलेको छ।’ 

मुद्दा लड्नका लागि सुरुमा एक लाख रुपैयाँ दिने भनिए पनि बाँकी पैसा केस चल्दै गर्दा किस्ताबन्दीमा दिने आश्वासन दिइएको उनको भनाइ छ।

नेपाली संघसंस्थाको बेवास्ता
घटना भएको यति लामो समय बितिसक्दा पनि भारतमा बग्रेल्ती रुपमा खोलिएका कुनै नेपाली संघसंस्थाले पीडितलाई आर्थिक सहायता प्रदान गरेका छैनन्। न त यसबारे कुनै चासो नै दिइएको छ। 

Xtrem

Xtrem

घटना भएको सुरुका दिनमा केही मानिसहरु ताते पनि अहिले भने माहोल सेलाइसकेको छ। मजदुरी गरेर पेट पालिरहेको चँदारा परिवारको दुःख, पीडा र सास्ती भने दिनप्रतिदिन बढिरहेको छ। एकातिर गुजारा गर्दै आएको काम ठप्प बन्द भएको छ भने अर्कोतिर क्षतिपूर्ति र सहयोग नपाउँदा चँदारा परिवारलाई पीडामाथि पीडा थपिएको छ।

नयाँ दिल्लीमा पिजी (पेइङ गेस्ट) सञ्चालन गर्दै आएका भारतीय नागरिक बसिम अहमदले गत साउन ५ गते बलात्कार प्रयासपछि लक्ष्मीको हत्या गरेका थिए। सिसी टिभी क्यामेराको सहायताले प्रहरीले उनलाई पक्राउ गरेको थियो। 

चँदारा परिवार रोजगारीका लागि बाजुराको बुढीगंगा-१ कुँडीबाट ३ वर्षअघि भारत गएको थियो। चँदारा दम्पती अहिले ३ छोरा र सानी एक छोरीसँगै बस्दै आएका छन्।

यो पनि : भारतमा बलात्कार प्रयासपछि नेपाली बालिकाको हत्या, न्याय खोज्दै चँदारा परिवार

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६  २२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित]
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
हिमलुङमा सम्पर्कवहीन १४ जनाको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइँदै सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
कृष्णभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा सोमबार, असोज १२, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्