• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बलात्कार प्रयासपछि दिल्लीमा नेपाली बालिकाको हत्या : कहाँ पुग्यो केस? [फलोअप]

64x64
नेपाल लाइभ बिहीबार, भदौ २६, २०७६  २२:१५
1140x725

नयाँ दिल्ली-  बाजुरा स्थायी ठेगाना भएकी ९ वर्षीया बालिका लक्ष्मी चँदाराको बलात्कार प्रयासपछि नयाँ दिल्लीमा हत्या भएको दुई महिना पुग्नै लाग्यो। तर, अदालतमा चलिरहेको मुद्दाले निष्कर्ष पाउन सकेको छैन।

घटना भएको दिनको सिसिटिभी फुटेज हेरेपछि इन्टेलिजेन्स ब्युरो (आइबी) का रजनिकान्त कुमारको टोलीले ‘सनु’ भनेर चिनिने भारतीय नागरिक बसिम अहमदलाई पक्राउ गरेको थियो। अहिले उनी थुनामा छन्। ९० दिनसम्म थुनामा राख्न पाउने नियम अनुसार उनी पक्राउ परे पनि डिएनए परीक्षण गर्न भने बाँकी नै छ।  

बलात्कार प्रयासपछि मुस्लिम नागरिक बसिमले हत्या गरेको मुद्दा अहिले अदालतमा चलिरहेको छ। गत साउन २२ गते उनले अदालतमा ‘मलाई अपराधीबाट मुक्त गरिपाऊँ’ भनेर निवेदन दिएका छन्। बसिमको तर्फबाट आफन्तहरु यो केस लडिरहेका छन् भने पीडित पक्षको तर्फको पक्षबाट भारतीय सरकारी वकिल संगीता रानाले यो केस हेर्दैछिन्।

बसिमले पैसाको चलखेल गरेर थुनामुक्त हुने प्रपञ्च रचिरहे पनि डिएनए टेस्टपछि मात्र वास्तविक फैसला हुने वकिलहरु बताउँछन्।

आश्वासनको अल्झो
यो केसमा न्यायका लागि यतिबेला बाजुरा बाह्रबिसेका खगेन्द्र सिंह लागिपरेका छन्। भारतलाई २० वर्षदेखि कर्मथलो बनाएका उनी नेपाली जनसम्पर्क समितिका क्षेत्रीय महासचिव पनि हुन्। समितिकी अध्यक्ष सुनिता कुँवर, उपाध्यक्ष रतनबहादुर शाही र नागेन्द्र जैशीले पनि उनलाई साथ दिइरहेका छन्। 

खगेन्द्र सिंह र रतनबहादुर शाही

यो केसमा भारतीय प्रहरीले पीडित पक्षको न्यायका लागि सहयोग गर्न त गरेको छ, तर देखावटी रुपमा मात्र। 

भारतस्थित नेपाली दूतावाससँग यस घटनाबारे बुझ्न खोज्दा यो केसलाई हेरिरहेका एसएसपी प्रकाश अधिकारीसँग सम्पर्क हुन सकेन। पीडित पक्षलाई दूतावासले ‘हामीले भारतीय गृह मन्त्रालयबाट न्याय दिलाउनका लागि दबाब दिने काम गरेका छौं। निरन्तर जानकारी लिइरहेका छौं’ भन्ने प्रतिक्रिया दिएको छ।

भारत सरकारले घटनालगत्तै पीडित पक्षलाई आर्थिक सहयोग दिलाउने वचन त दियो। तर मृतक लक्ष्मी चँदाराका बुबा, आमाको नाममा भारतीय बैंकमा निजी खाता नभएपछि क्षतिपूर्ति पाउन धेरै समय लाग्यो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरी थानाबाट आइओ कागज बनाएर पीडित पक्ष नेपाली नागरिक हुन्, उनीहरु समस्यामा छन्। बैंकमा खाता खोल्ने अनुमति दिनू भन्ने व्यहोराको लिखित कागज बनाएपछि मात्र बैंकले खाता खोलिदिन स्वीकार गरेको थियो। पहल गरेको एक हप्तापछि मात्र बैंकमा खाता खोलिएको मृतक लक्ष्मीका बुवा देव चँदारा बताउँछन्।

चँदारा दम्पती

पीडित पक्षलाई गत साउन २२ गते अदालतमा बोलाइएको थियो। पुन: उनीहरुलाई बोलाइएको छ। ‘क्षर्तिपूर्ति बापत कति पैसा पाउने भनेर तोक्ने कुरा बताइएको छ,’ पीडित देव (मृतकका बाबु) का साला नाता पर्ने रवीन्द्र विकले नेपाल लाइभसँग भने, सुरुमा एक लाख रुपैयाँ र बाँकी किस्तामा दिने आश्वासन मिलेको छ।’ 

मुद्दा लड्नका लागि सुरुमा एक लाख रुपैयाँ दिने भनिए पनि बाँकी पैसा केस चल्दै गर्दा किस्ताबन्दीमा दिने आश्वासन दिइएको उनको भनाइ छ।

नेपाली संघसंस्थाको बेवास्ता
घटना भएको यति लामो समय बितिसक्दा पनि भारतमा बग्रेल्ती रुपमा खोलिएका कुनै नेपाली संघसंस्थाले पीडितलाई आर्थिक सहायता प्रदान गरेका छैनन्। न त यसबारे कुनै चासो नै दिइएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घटना भएको सुरुका दिनमा केही मानिसहरु ताते पनि अहिले भने माहोल सेलाइसकेको छ। मजदुरी गरेर पेट पालिरहेको चँदारा परिवारको दुःख, पीडा र सास्ती भने दिनप्रतिदिन बढिरहेको छ। एकातिर गुजारा गर्दै आएको काम ठप्प बन्द भएको छ भने अर्कोतिर क्षतिपूर्ति र सहयोग नपाउँदा चँदारा परिवारलाई पीडामाथि पीडा थपिएको छ।

नयाँ दिल्लीमा पिजी (पेइङ गेस्ट) सञ्चालन गर्दै आएका भारतीय नागरिक बसिम अहमदले गत साउन ५ गते बलात्कार प्रयासपछि लक्ष्मीको हत्या गरेका थिए। सिसी टिभी क्यामेराको सहायताले प्रहरीले उनलाई पक्राउ गरेको थियो। 

चँदारा परिवार रोजगारीका लागि बाजुराको बुढीगंगा-१ कुँडीबाट ३ वर्षअघि भारत गएको थियो। चँदारा दम्पती अहिले ३ छोरा र सानी एक छोरीसँगै बस्दै आएका छन्।

यो पनि : भारतमा बलात्कार प्रयासपछि नेपाली बालिकाको हत्या, न्याय खोज्दै चँदारा परिवार

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६  २२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु
फ्रान्स आन्दोलन चर्काउन भारत, अमेरिका, बेलायती संजालको भूमिका : रिपोर्ट
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ
सम्बन्धित सामग्री
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? मेलम्चीको खानेपानी पुनः वितरण भए पनि काठमाडौं उपत्यकाका लागि पर्याप्त खानेपानी वितरण हुने छैन। साहका अनुसार दैनिक ५० करोड लिटर खानेप... आइतबार, कात्तिक १, २०८३
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
फ्रान्स आन्दोलन चर्काउन भारत, अमेरिका, बेलायती संजालको भूमिका : रिपोर्ट सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्