• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कैलालीका अधिकांश स्थानीय तहले बनाएनन् विपद् प्रतिकार्य योजना

64x64
नेपाल लाइभ बिहीबार, भदौ २६, २०७६  ११:००
1140x725

धनगढी उपमहानगरपालिका-१४ मा गत जेठ २३ गतेको विनासकारी हावाहुरीबाट खण्डहर बनेको घरको भग्नावशेष।


धनगढी- कैलालीका अधिकांश स्थानीय तहले अझैसम्म पनि विपद् प्रतिकार्य योजना तयार गर्न सकेका छैनन्। जिल्लाका १३ वटा स्थानीय तहमध्ये अहिलेसम्म ३ वटाले मात्र विपद् प्रतिकार्य योजना तयार गरेका छन्।

'विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४' को दफा १७ (च) मा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बनाएर समिति गठन गर्नुपर्ने उल्लेख छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका तथा भजनी र घोडाघोडी नगरपालिकाले मात्र विपद् प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याएका छन्।

कैलालीका पहाडी क्षेत्रमा पहिरो र बाढीको जोखिम रहेको छ भने तराईका स्थानीय तहमा बाढी र डुबानको समस्या निम्तने गरेको छ। त्यस्तै, कैलाली भूकम्पको पनि जोखिममा रहेको जिल्ला मानिन्छ।

धनगढी उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले धनगढी उपमहानगरपालिकामा नगर प्रमुखको अध्यक्षतामा स्थानीय विपद् व्यवस्थापन समिति तथा उपमहानगरपालिकाका सबै १९ वटै वडामा वडाध्यक्षको अध्यक्षतामा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन गरिसकिएको जानकारी दिए। उनले उपमहानगरपालिकाको १० वटा वडामा विपद् कोषसमेत स्थापना भइसकेको र आगामी आर्थिक वर्षभित्र सबै वडामा विपद् कोष स्थापना भइसक्ने उनको भनाइ छ।

बुधबार धनगढीमा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको आयोजनामा भएको प्रदेशस्तरीय विपद् जोखिम न्यूनीकरण कार्यशाला गोष्ठीमा आफ्नो प्रस्तुति दिँदै इन्जिनियर भट्टले धनगढी उपमहानगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि समुदायस्तरमा जनचेतनामुलक कार्यक्रम, भवन निर्माण, तटबन्ध लगायतका कार्य गरिरहेको बताए।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत लम्सालले जिल्लामा विपद्‌को अवस्था, न्यूनिकरणका लागि गरिएका गतिविधि लगायतका विषयमा प्रस्तुति दिए। सो क्रममा प्रमुख प्रशासकीय अधिकृत लम्सालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनअनुसार स्थानीय तहहरूले जोखिम न्यूनीकरणमा गम्भीर बन्नुपर्नेमा जोड दिए।

प्रशासकीय अधिकृत लम्सालले प्रत्येक वर्ष बाढीबाट ३० हजार घरधुरी प्रभावित र ८ हजार घरधुरी एक हप्तादेखि एक महिनासम्म विस्थापन हुनुपर्ने अवस्था दोहोरिने गरेको आँकडा सुनाए। उनका अनुसार कैलालीमा हरेक वर्ष बाढीका कारण करिब एक हजार हेक्टर खेतीयोग्य जमिन डुबानमा पर्ने गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

विपद् जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयमा विभिन्न संघसंस्था र सरकारबाट अनुदान प्राप्त १३ वटा 'रबर बोट' रहेको जनाइएको छ। उनले कार्यालयले थप एक 'रबर बोट' खरिद प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।

उनले प्रशासन कार्यालयमा २ हजार ५ सय थान त्रिपाल र २ सय थान कम्बल मौज्दात रहेको बताए। कैलालीमा हाल ६ वटा दमकल, ४० वटा एम्बुलेन्स, २ वटा शववाहन, १ डोजर र ३४ वटा इन्धन पम्प रहेका छन्।

उनले चुरे र मोहन्याल गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहमा पर्याप्त यातायातको साधन रहेको खुलाए। लम्सालले यातायातका साधन पर्याप्त भए पनि भौगोलिक कठिनाइका कारण पूर्वाधार नहुँदा समस्या भएको गुनासो गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कैलालीमा विपद् तथा उद्दारका लागि तालिमप्राप्त नेपाली सेनाका १ सय ६०, नेपाल प्रहरीका १ सय ५ र सशस्त्र प्रहरीका २ सय ५० जना सुरक्षाकर्मी उपलब्ध छन्।

प्रशासकीय अधिकृत लम्सालले हेलिप्याडका लागि पनि स्थानको पहिचान भइसकेको जानकारी दिए। उनले जिल्लामा एक सय ५० भन्दा बढी सुरक्षित स्थान रहेको र विपद्‌को अवस्था सिर्जना भए तत्काल उद्धार गर्न सकिने बताए।

आरोप-प्रत्यारोप होइन, हातेमालो गरौं- मन्त्री शाह
गोष्ठीमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले एकअर्कालाई आरोप-प्रत्यारोप लगाउनुभन्दा सबैले हातेमालो गरेर सुरक्षित समाज बनाउन लाग्नुपर्ने बताए।

‘हामी अहिले एकअर्कालाई दोष दिँदै आफू उम्किने प्रयास गरिरहेका छौं,' मन्त्री शाहले भने, 'यसले समाजलाई झन असुरक्षित बनाउँदै लगेको छ। त्यसकारण तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सह-अस्तित्वको मर्मअनुसार अघि बढ्नुपर्छ। यसो नहुँदा हामीकहाँ समस्या निम्तिरहेको छ।'

उनले विपद् जतिखेर पनि आउनसक्ने भएकाले यसलाई रोक्न नसकिने चर्चा गरे। भने, 'तर, यसबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ।'

मन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा विपद्‌को जोखिम भएका क्षेत्रको पहिचान भइसकेकोले त्यसैअनुसार रणनीति र कार्यक्रम बनाउने बताए। उनले विपद्‌मा परेका वास्तविक पीडित राहतबाट वञ्चित नहुन् र कोही पनि नदोहोरिउन् भन्नेमा तीनै तहका सरकार सचेत हुनुपर्ने धारणा राखे।

कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले विपद् जोखिम न्यूनीकरणका लागि प्रचारप्रसार योजना बनाउनुपर्ने सुझाए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश अध्यक्ष केशवदत्त पन्तले स्थानीय स्तरबाट नै विपद् जोखिम न्यूनीकरणका क्रियाकलाप सञ्चालन भएमा प्रभावकारी हुने बताए। उनले भने, 'आवश्यकता अनुसारका नीति, ऐनकानुन निर्माण भइसकेका छन्। अब यसलाई प्रभावकारी रुपमा अघि बढाउन सबैले ध्यान दिनु आवश्यक छ।'

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६  ११:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
सम्बन्धित सामग्री
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्