रुकुम पश्चिममा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु

नेपाल लाइभ | २०७६ भदौ २६ बिहीबार | Thursday, September 12, 2019 ०९:४४:०० मा प्रकाशित

रुकुम पश्चिम- मुसीकोट नगरपालिका-१०, चुनमा पहिरोमा पुरिएर २ बालिकाको मृत्यु भएको छ।

बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो।

विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। रासस