काठमाडौं- भारतीय सिने जगतमा 'बीग बी'का रुपमा चिनिने अमिताभ बच्चनले कलेज पढ्ने समयको सम्झना फेरि गरेका छन्। 'कौन बनेगा करोडपति-११' को बुधबारको कार्यक्रममा उनले आफ्ना पुराना कलेज समयमा दिनहरुको स्मरण गरेका हुन्।
आफू कलेज जानका लागि बसस्टपमा उभिँदा सुन्दर युवतीहरुको पर्खाइमा रहने गरेको अमिताभले सुनाए। उनी सुन्दर युवतीहरु जुन बसमा चढ्न तयार हुन्थे त्यसैमा आफुले पनि यात्रा गर्ने गरेको उनले सम्झना गरे।
‘म तीनमूर्ति नजिकै बस्थें। दैनिक कलेज आउनजानका लागि सार्वजनिक यातायातको प्रयोग गर्दथें,’ उनले विगतका ती दिनको सम्झना गरे, ‘बस संसद् भवन छेउ हुँदै जाने गर्दथ्यो र मलाई पनि कलेज पुर्याउने गर्दथ्यो।’
यस बाटोमा विशेष रुपमा सिपी देखि आइपी कलेज र मिरान्ड हाउस जाने सुन्दर युवतीहरु बस चढ्ने गरेको उनले बताए।
‘यसकारण हामी तीव्ररुपमा बस स्टपमा रोकिने र ती सुन्दर युवतीहरुको प्रतिक्षा गर्दै उनीहरु चढेपछि चढ्ने गर्थ्यौं,’ उनले भने, ‘केही वर्षपछि जब मैले विश्वविद्यालयको डिग्री हासिल गरेर काम सुरु गर्न थालें, उक्त समयमा हामीसँग यात्रा गर्नेमध्येकी एक सुन्दर युवतीलाई भेटेको थिएँ।’
कुराकानीको क्रममा आफूलाई ती महिलाले सुनाएको कुरा अमिताभले सुनाए- 'उनी पनि मेरो एक झलक हेर्नका लागि पर्खेकी हुँदिरहिछिन्। उनी आफ्नो साथी प्राणसँगै बस स्टपमा उभिएकी हुन्थिन्। जब म आउँथे, उनलाई यस्तो लाग्ने गर्दोरहेछ कि उसको साथी प्राण बस चढेर जाओस् तर म उनीसँगै बसुँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।