नेपाल-भारत आयात निर्यातमा कडाई, १ लाखको कपडा प्रहरी नियन्त्रणमा

नेपाल लाइभ | २०७६ भदौ २५ बुधबार | Wednesday, September 11, 2019 २०:४७:०० मा प्रकाशित

राजविराज- नेपाल–भारत अवैध आयात/निर्यातलाई प्रहरीले कडाई गर्न थालेको छ।

यसैक्रममा भारतीय बजारबाट अवैध रुपमा नेपाल ल्याइएको करिब १ लाख मूल्य बराबरको रेडिमेट कपडा प्रहरीले मंगलबार नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।

कञ्चनरुप नगरपालिका-८ मा सवारी चेकजाँच गर्दा पूर्वबाट फत्तेपुरतर्फ जाँदै गरेको को १ ख ३५१२ नम्बरको बसबाट कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

बोरामा प्याक गरिएको १ सय ६७ थान भेस्टलगायतका सामग्री नियन्त्रणमा लिई जिल्ला भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।