फरार बलात्कार आरोपी पक्राउ

नेपाल लाइभ | २०७६ भदौ २३ सोमबार | Monday, September 09, 2019 २०:४३:०० मा प्रकाशित

काठमाडौं- बलात्कार गरी फरार रहेका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। 

सोमबार काठमाडौंको बसुन्धराबाट ती आरोपी पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा जिल्ला जुम्ला सिञ्जा गाउँपालिका-२ घर भई बसुन्धरा बस्दै आएका मनोज खत्री रहेका छन्। २०७४ माघ २० गते बुद्धनगरबाट ३१ वर्षीय खत्री फरार रहेको प्रहरीले बताएको छ। 

खत्रीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको महानगरीय अपराध ब्युरोका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिएका छन्। 

उनलाई जबरजस्ती करणी मुद्दामा कारबाही चलाइने प्रहरीले बताएको छ।