काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) परराष्ट्रमन्त्री स्तरीय बैठक सकियो, नेपाल र चीनबीच तीन सम्झौता, मनाङमा अस्पताल बनाउन चीनले ३५ करोड रुपैयाँ सहयोग गर्ने ।
२) चर्को ब्याज असुल्न नपाएपछि सहकारी सञ्चालकहरुमा ’छटपटी’, ब्याजदर तोकेर राज्यले आफ्नो अधिकारमाथि हस्तक्षेप गरेको ’अनर्गल’ आरोप ।
३) ऐनविपरीत प्रिन्साले ’अउडी’को एउटै विद्युतीय कारमा लियो ४६ लाख रुपैयाँ नाफा, सरकारको राहत, उपभोक्तालाई आहत !
४) कीर्गिस्तानलाई ८ गोल हानेको नेपाल उज्वेकिस्तानसँग २–० गोल अन्तरले पराजित, तेस्रो खेलमा मंगलबार ताजिकिस्तानसँग खेल्ने ।
५) र, तालिवानसँग थप वार्ताको सम्भावना रहेको अमेरिकी विदेशमन्त्री पोम्पेओ भनाइ, महत्वपूर्ण प्रतिवद्धतासहित अघि आउनुपर्ने सर्त ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।