• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कति प्रभावकारी होला कांग्रेसको दोश्रो चरणको जागरण अभियान?

64x64
नेपाल लाइभ सोमबार, भदौ २३, २०७६  १८:३०
1140x725

काठमाडौं- पहिलो चरणको जागरण अभियान प्रभावकारी बनाउन नसकेको आवाज कांग्रेसमा मुखरित भएको थियो। पार्टी संरचनाको अभावमा प्रभावकारी हुन नसकेको भन्दै टिप्पणी भएका थिए। दोश्रो चरणको अभियानमा संगठन र संरचना अभाव खड्किन नदिन कांग्रेसले कार्यकर्तालाई आवश्व पार्ने प्रयास गरेको छ। 

अन्तरिम संरचना निर्माणका लागि निर्देशिका समितिले दिएको सुझावअनुरुप तल्लो तहका अधिकांश कार्यसमिति गठन भएको नेताहरुको दाबी छ। ७३ जिल्लामा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा कार्यसमिति बनिसकेको बताइएको छ। नेतृत्वमा मनमुटाव मत्थर हुनु र स्थानीय तहका पार्टी संरचना निर्माण भएकाले जागरण अभियान प्रभावकारी हुनेमा कांग्रेस नेतृत्व ढुक्क देखिएको छ।

पुरानो लयबाट मुक्त भई दोश्रो चरणको जागरण अभियानमा प्रवेश गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताए। पहिलो चरणमा संगठनको अभाव खड्किएको स्वीकार्दै नेता विश्वकर्माले भने, ‘सांगठिकन संरचना नभइसकेको र नेताबीच मनमुटाव पनि थियो।’ दोश्रो चरणमा ३३० प्रदेशमा म‌गलबारदेखि जागरण अभियान सुरु गर्दैछ। यसअघि ७७ जिल्ला केन्द्रित अभियानलाई थप विस्तार गर्ने केन्द्रीय नीति अनुरुप प्रदेश निर्वाचन क्षेत्र केन्द्रित अभियान हुने बताइएको छ। प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गतका संगठनहरु बनिसकेको विश्वकर्माले जानकारी दिए। 

प्रादेशिक संरचनालाई राज्यले आत्मसात गरिरहँदा त्यसै अनुरुपको सांगठनिक ढाँचा बनाउन प्रमुख प्रतिपक्षी दलले ढिलाई गरिरहेको थियो। विधानमा संघीयता अनुरुपको संगठन बनाउने प्रावधानलाई राखिएपनि कार्यान्वयनले अन्तिम रुप पाउन भने सकेको छैन। केन्द्र, प्रदेश, जिल्ला, प्रदेशस्तरीय क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रस्तरीय कार्यसमिति, गाउँ-नगर समिति, वडा तह र बुथ गरी संगठनका तहको व्यवस्था गरिएको छ।

असार २२ गतेदेखि सुरु भई गत साता मात्र समापन भएको केन्द्रीय समितिको बैठकले अन्तरिम संरचना सहमतिका आधारमा गठन गर्ने निर्णय गरेको थियो। सात प्रादेशिक संरचनामा संगठन कुन रुपमा र कहिले बनाउने  औपचारिक निर्णय नगरिकनै बैठक समापन भएको छ।

कात्तिक मसान्तसम्म तल्लो तहका संरचना गठन गरी महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने पार्टीले जनाएको छ। निर्वाचन वा सहमतिका आधारमा संगठन निर्माण गर्ने विषयमा केन्द्रीय सदस्यहरुबीच मतान्तर भएपछि अन्तत सहमतिमा टुंगो लगाउने बैठकको निष्कर्ष थियो। १३औं महाधिवेशनका लागि चुनिएका प्रतिनिधिलाई नै रूपान्तरण गरी अन्तरिम कार्यसमिति बनाइएको छ। अन्तरिम कार्यसमिति निर्वाचन प्रणालीबाट टुंगो लगाउने विधानलाई बाधा अड्काउ फुकाउमार्फत् सहमतिको विधि लागू गरिएको छ। १४औं महाधिवेशनको पूर्वार्द्धमा आएकाले एकै वर्ष पार्टी संरचनामा दुई निर्वाचन सम्भव नहुने तर्क राखी सहमतिको विकल्प ल्याइएको छ।   

Ncell 2
Ncell 2
nimb
nimb

बैशाख २५ देखि एक महिनासम्म सञ्चालन भएको पहिलो चरणको जागरण अभियानमा संगठन चलायमान हुन नसक्दा अपेक्षित सफलता प्राप्त हुन नसकेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले स्वीकारेका थिए। पहिलो चरणको जागरण अभियानको समीक्षा सुनाउन आयोजित पत्रकार सम्मेलनमा शर्माले दोश्रो चरणको अभियान अघि नै तहगत संगठनहरु निर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

‘यसपटक वडा तहसम्मका कार्यसमिति परिचालित हुन्छन्। अन्तर्क्रियात्मक बढी हुनाले सुन्नका लागि प्रतिनिधिले बढि समय खर्चने छन्,' केन्द्रीय सदस्य गोविन्द भट्टराई भने, ‘पार्टी सुधारका लागि के गर्नुपर्छ। त्यसका लागि ग्रासरुटको सुझाव पनि यसपटक आउँछ।’

पार्टीको मेरुदण्डका मानिने नेपाल विद्यार्थी संघ र तरुण दलको गठन प्रक्रिया भदौ २४ अघि नै सक्ने प्रवक्ता शर्माको अभिव्यक्ति निष्प्रभावी भएको छ। भ्रातृ संस्थाको गठन र पूर्णता नहुनुलाई तरुण दलका महासचिव भुपेन्द्रजंग शाही मूल नेतृत्वको दोष देख्छन्। उनले भने, ‘नेपाल विद्यार्थी संघको महाधिवेशन र तरुण दललाई पूर्णता दिन नसकेको कांग्रेसले जागरण अभियान चलाउनुको अर्थ छैन।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कार्यकाल सकिएका संगठनका कार्यसमितिलाई महाधिवेशन तयारी कार्यसमितिमा रुपान्तरण गर्ने जनाइएको छ। भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको महाधिवेशन, विधान तथा पूर्णता दिने कार्यमा सुझाव पेश गर्न कार्यदल बनाइएको छ। केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्यहरू नवीन्द्रराज जोशी, ईश्वरी न्यौपाने, श्यामकुमार घिमिरे, गोविन्द भट्टराई, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहेको समिति गठन गरिएको छ। कार्यदलले भ्रातृ तथा शुभेच्छुक संस्थालाई सैद्धान्तिक रुपमा एकरुपता कायम गर्न चरणबद्ध रुपमा ती संस्थाका पदाधिकारीसँग छलफल गर्ने भएको छ। भ्रातृ संस्थाहरुको विधानमा एकरुपता नभएकाले कार्यसमितिको संख्या, मनोनयन, मापदण्ड लगायतमा विषयमा सुझाव दिने कार्यदल सदस्य भट्टराईले जानकारी गराए।

दोश्रो चरणको अभियान सुरु हुनुकाे अघिल्लाे साँझ मात्रै प्रतिनिधिहरुको छनोट सकिएकाे छ। प्रदेशसभा क्षेत्र अन्तर्गत कार्यक्रम भएकाले अधिकांश प्रतिनिधि प्रदेशसभामा विजयी/पराजित उम्मेदवार, समानुपातिकको सूचीमा रहेका उम्मेदवार, पूर्व जिल्ला सभापति र केही प्रतिनिधिसभाका प्रत्यासी उम्मेदवार  परेका छन्। 

फाइल तस्बिर

प्रथम चरणमा प्रतिनिधि छनोटमा संस्थापन पक्षले एकतर्फी नाम चयन गरेको आरोप लागेको थियो। यसपटक सबै क्षेत्रको अन्तिम नामावली ढिलो गरी प्रकाशित भएकाले नाममा विषयमा हुने विमति सार्वजनिक भएको छैन। 

सरकार विरुद्ध लक्षित जागरण अभियान
बिपी जयन्तिको अवसर पारेर सुरु हुने जागरणमा अपेक्षाकृत सफलता हात नपारेको सरकारका कदममा विरुद्धमा अभियान केन्द्रित गर्ने संकेत देखिएको छ।

प्रतिपक्ष दलको हिमाल, पहाड, तराई-मधेश (हिपतम) जागरण अभियानमा ‘विशेष सामाजिक संवाद’ गरी सरकारप्रति आशा, विश्वास र भरोसा टुट्दै जानुको कारण कांग्रेसले केलाउने भएको छ। धेरै सुन्ने, कम बोल्ने नीतिसहित जागरण अभियानमा प्रतिनिधिले प्रश्न, पिडा र अपेक्षा सुन्ने बताइएको छ। सरकारसँग जनताले गरेका अपेक्षा र परिणामको लेखाजोखा जागरण अभियानमा हुनेछ।

‘डन’ पनि प्रतिनिधि
डनका रुपमा चिनिएका कांग्रेस निकटका प्रदेशसभा उम्मेदवारलाई कांग्रेसले जागरण अभियानको प्रतिनिधि बनाएको छ।

गणेश लामा दोलखा प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा प्रतिनिधि बनेका छन्। काभ्रेमा प्रदेश सभा उम्मेदवार बनेका उनी पराजित भएका थिए। काभ्रे १ ‘ख’ मा लामा तत्कालीन एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भएका थिए।

तत्कालिन फोरम लोकतान्त्रिकबाट कांग्रेसमा आएका उनी क्रसर व्यवसायी समेत हुन्।

ललितपुर घर भएका मीनकृष्ण महर्जन दोश्रो जागरण अभियानका प्रतिनिधि बनेका छन्।

महर्जनलाई सिन्धुपाल्चोक १ ‘क’ मा प्रतिनिधिका रुपमा खटाइएको छ।

उनी ललितपुर १ ‘ख’बाट प्रदेश सभा सदस्य बनेका थिए। महर्जन तत्कालिन एमालेका उम्मेदवार चेतनाथ संजेलसँग पराजित भएका थिए।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  १८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी
सम्बन्धित सामग्री
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ गुरुङ चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दीबास पुगेर बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्। सिर्दीबास गृहमन्त्री गुरुङको गृहपालि... शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ महासंघका महासचिव रामप्रसाद दाहालले समाचारमा चित्त नबुझेको विषयमा प्रचलित विधिअनुसार समाधान खोज्नुको सट्टा साइबर ब्यूरोमार्फत पक्राउ... शनिबार, असोज ३१, २०८३
कांग्रेस सभापति गगन थापाले लिए शपथ कांग्रेस केन्द्रीय कार्यालयमा सानेपामा आयोजित एक कार्यक्रममा थापाले शपथ ग्रहण गरेका हुन्। शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्