नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ भदौ २२ आइतबार | Sunday, September 08, 2019 २०:१०:०० मा प्रकाशित

काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) वाइडबडी खरिदमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको लगानी गैह्रजिम्मेवारीपूर्ण, जनताको रकम जोखिममा परेको संसदीय उपसमितिको ठहर

२) एसिड प्रहार गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्न सांसदकै माग, घटना दोहोरिन नदिन सरकारको ध्यानाकर्षण ।

३) भारतका कारण अनिश्चित बन्दै महेन्द्रनगर र नेपालगञ्ज हवाई प्रवेश बिन्दु, भरैहवा प्रवेश बिन्दुमा भने सकारात्मक ।

४) एसीसी यू–१९ मा नेपाल दोस्रो खेलमा पराजित, बंगलादेशसँग ६ विकेटको हार, सेमिफाइनल यात्रा समाप्त ।

५) र, तालीवानसँगको वार्ता रद्द गर्ने ट्रम्पको घोषणा, अफगानिस्तानका राष्ट्रपतिसँग भने भेट्ने योजना रहेको भनाइ ।

पूरा समाचार भिडियोमा