काठमाडौं- ९२औं ओस्कार अवार्ड लागि नेपाली कथानक चलचित्र 'बुलबुल'लाई नेपालबाट सिफारिस गरिएको छ।
एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसद्वारा सन् २०२० मा घोषणा गरिने उक्त अवार्डका निम्ति बुलबुललाई सिफारिस गरिएको हो।
नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले सन् २०१८ अक्टोबर १ देखि सन् २०१९ अगस्ट ३० सम्म सार्वजनिक प्रदर्शन भएका चलचित्र मध्येबाट 'बुलबुल'लाई छनोट गरी सिफारिस गरेको हो।
विनोद पौडेलले निर्देशन गरेको उक्त चलचित्रमा स्वस्तिमा खड्का र मुकुन भुसालको प्रमुख भूमिका रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।