काठमाडौं- यथार्थ घटनामा आधारित लोकदोहोरी गीत 'जालमा फसायौ'को भाग-२ सार्वजनिक भएको छ। नेपाली युवा विदेशमा ज्यान गुमाउँदा परिवार र आफन्तलाई पर्न गएको पीडालाई गीतको भिडियोमा समेटिएको छ।
गीतमा विमाकुमारी दुरा, गीतादेवी, पार्वती कार्की, प्रभावन जे र भुवन प्रकाश बडुको आवाज रहेको छ भने प्रभावनकै लय, शब्द तथा संगीत संयोजन रहेको छ।
प्रभावनकै परिकल्पना तथा निर्देशन रहेको म्युजिक भिडियोमा कलाकार रमा थपलिया, भुवन प्रकाश बडु, पार्वती कार्की, सानु पाण्डे, पुष्प अवस्थी, दामोदर गौतम, सरोज दाहाल, पूजा पाठक र राम प्रसाद न्यौपानेको अभिनय देख्न सकिन्छ।
गीतबाट भएको कमाइ रकम सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-५ ऐंसेलुखर्कस्थित मदर सिस्टर नेपाल बालगृहलाई प्रदान गर्ने डिआर मुभिजका राजाराम गौतमले बताए।
बालगृहमा २०७२ सालको भूकम्पबाट आफ्ना अभिभावक गुमाएका २७ जना बालबालिकाले संरक्षण पाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।