काठमाडौं- भदौ ४ गतेदेखि रोकिएको सिम्रिक एयरलाइन्समाथिको उडान प्रतिबन्ध फुकुवा भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भदौं २१ गतेबाट लागू हुनेगरी प्रतिबन्ध फुकुवा गरेको हो।
प्राधिकरणद्वारा स्वीकृत नगरिएका पाटपुर्जा विमानमा प्रयोग गरेको भन्दै सिम्रिकका सबै विमान ग्राउन्डेड गर्ने निर्णय गरेको थियो।
सिम्रिक एयरलाइन्सले 'विचक्राफ्ट-१९००' विमानमा प्रयोग हुने पाटपूर्जा मनोमानी प्रयोग गर्दै आएको र यसले गर्दा हवाई सुरक्षामा गम्भीर असर पारेको भन्दै उक्त एयरलाइन्सका सबै विमानहरु उडानमा रोक लगाइएको हो।
प्राधिकरणले अहिले भने एयरलाइन्सका सबै फाइलहरु अध्ययन गरेपछि अब उप्रान्त प्राधिकरणको स्वीकृतिमा मात्र नयाँ तथा फेरिएका पाटपुर्जा प्रयोग गर्ने सर्तमा उडान फुकुवा गरिएको प्राधिकरणले जनाएको छ।
सिम्रिक एयरलाइन्सले भरतपुर, पोखरा र भैरहवा उडान गर्दै आएको छ। (तस्बिर- एभियसन नेपाल)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।