• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सफारी चालकको गुनासो– देशमै पसिना बगाऔं भन्यो, राज्यले नै यसरी सताउँछ 

64x64
नेपाल लाइभ शुक्रबार, भदौ २०, २०७६  ०६:५५
1140x725

इटहरी– इटहरी उपमहानगरपालिकाले भदौ ११ गतेदेखी लागू हुनेगरी राजमार्गमा पार्किङ गर्ने सिटी सफारीबाट शुल्क लिन सुरु गर्‍यो। त्यसको विरोधमा उपमहानगर कार्यालयअगाडि सिटी सफारी चालकले आन्दोलन गरे। आफूहरुले कतै पार्किङ गर्ने स्थान पनि नपाएको तर दैनिक १५ देखि ३० रुपैयाँ बुझाउनुपरेको उनीहरुको भनाइ थियो।

त्यही भिडको बीचमा थिए सन्तोष कटुवाल। झापा विर्तामोड घर भएका उनी ६ महिनादेखि इटहरीमा सफारी चलाउने काम गर्छन्। ४ वर्ष साउदी र ३ वर्ष मलेसियामा काम गरेर ८ महिनाअघि मात्र  नेपाल फर्किएका हुन्। यता उनी बेरोजगार बने। नेपालमै केही गर्ने तर विदेश नजाने मानसिकतामा थिए उनी। 

त्यसै क्रममा उनले इटहरीमै फास्टफुड होटल खोले। सुरुमा राम्रौ व्यापार हुँदै थियो। २ लाख ५० हजार लगानी गरेर होटल खोलेका उनले पछि १ लाख ५० हजारमा होटल नै बिक्री गरे। उनीसँग होटल बिक्रीबाट प्राप्त रकमबाहेक अरु थिएन। फेरि पनि विदेश जाने सोच उनमा पलाएन। आफन्तसँग ऋण मागेरै भए पनि सफारी किनेर चलाउने निर्णयमा पुगे। ३ लाख ५० हजारमा सफारी खरिद गरे। 

सुरुमा सफारीबाट पनि राम्रै कमाइ भयो। गुजारा चलाउन समस्या हुन छाड्यो। 

मासिक ३५ सय भाडा तिरेर श्रीमती र दुई छोरीको साथ इटहरी बस्छन् उनी। बाबुको मृत्यु हुँदा भेट्न नपाएपछि विदेश नर्कजतिकै लाग्यो उनलाई। कतिसम्म भने विदेशबाट नेपाल आएलगत्तै पासपोर्ट च्यातेर फ्याकेको उनी सुनाउँछन्। ‘अब त्यो नरकमा जान्न भन्दै पासपोर्ट फ्याँकिदिए,’ उनी भन्छन्, ‘नेपालमै केही गरौं भन्ने लागेको थियो। तर यो राज्यले गरिखान नदिने रहेछ। कहिले रोकेकै ठाउँमा आएर चक्काको हावा खोलिदिन्छ। कहिले मनपरी कर लिन्छ।’ 

बजारभरि सबैतिर नो पार्किङ मात्र भएकोले पार्किङमा समस्या भएको उनी सुनाउँछन्। तर अहिले उपमहानगरले पार्किङकै शुल्क लिने गरेकोमा उनी दु:खी छन्।  

Ncell 2
Ncell 2
nimb
nimb

उनको जस्तै समस्या छ राधाकृष्ण अधिकारीको पनि। १० महिना अघिमात्र उनी वैदेशिक रोजगारबाट नेपाल फर्किएका हुन्। युएईको दुबईमा ९ वर्ष काम गरेर उनी नेपालमैं पसिना बगाउने सोच बनाएर फर्किए। भन्नेबित्तिकै रोजगारी पाएनन्। उनको साथी सर्कल छुटिसकेको थियो। नभन्दै उनलाई पनि सिटी सफारी चलाउँदा कमाइ हुने विश्वास पलायो। 

४ लाखमा सफारी किने। दैनिक १ हजारदेखि २ हजारसम्म कमाइ भएकै थियो। तर सरकारी नीतिले उनलाई वाक्क बनाइसकेको छ। ‘कहिले दर्ता नभई चलाउने पाइने भन्छ। कहिले दर्ता बिना चलाउन पाइँदैन भन्छ। कहिले चोकमा कुदाउन पाइन्दैन भन्छ कहिले पाइन्छ भन्छ। हामीले के मान्ने के नमान्ने,’ उनले दिग्दारी पोखे, ‘कतै पार्किङ गर्ने ठाउँ छैन तर शुल्क लिन थालिसक्यो। विदेश नगई नेपालमै केही गरौं भनेर यसरी काम थालियो तर सरकारले किन यसरी सताउँछ?

बिरामी बोकेर हिँडेका बेला, परीक्षार्थी बोकेका बेला बाटोमा रोकेर कर उठाउने गरेको उनले सुनाए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बिना कारण र प्रयोजन उपमहानगरले पैसा असुल्ने र श्रमजीवीलाई सताउने गरेको सफारी चालकहरुले गुनासो गरिरहेका छन्। इटहरी ४ स्थित वडा कार्यलयमा गएर उनीहरुले शुल्क फिर्ता लिनको लागि निवेदन समेत दिइसकेका छन्। 

आफूहरु मारमा पर्दा श्रमिक संगठनदेखि सफारी चालक संघले समेत बेवास्ता गरेको सफारी चालक मनोज केसी बताउँछन्। केही गरौं र परिवार पालौं भन्ने लागेर रिक्सा किनियो तर ४ महिनामै यसरी दु:ख दिने काम भएको छ, उनी भन्छन्। 

इटहरी उपमहानगरले पाथिभरा कन्सट्रक्सनलाई शुल्क उठाउने ठेक्काको जिम्मा दिएको छ। कम्पनीले बिल नै बनाएर पैसा उठाउन सुरु गरिसकेको छ। दैनिक पार्किङ तथा सरसफाइबापत भनेर शुल्क उठाउने गरिएको हो। त्यसैको विरुद्धमा सिटी सफारी चालकहरु आन्दोलित बनेका हुन्। 

इटहरी उपमहानगरपालिकाको आफ्नै पार्किङ स्थल भने छैन। पूर्वपश्चिम राजमार्ग र कोसी राजमार्गमा रोकिएका सफारीबाट शुल्क उठाउन थालिएको हो। सरसफाइका लागि वेस्ट म्यानेजमेन्ट कम्पनीसँग सम्झौता भइसकेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६  ०६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्