राजविराज– सप्तरीमा ठूलो परिमाण लागुऔषधसहित एक जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ।
राजविराज नगरपालिका–२ का ४८ वर्षीय पंचदेव यादवलाई प्रहरीले पक्राउ गरेको हो।
स्थानीय राजदेवी चौक नजिकैबाट आइतबार साँझ यादव पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको छ।
चोकको सुरक्षाका लागि खटिएको प्रहरी टोलीले यादवलाई शंकास्पद अवस्थामा फेला पारेको थियो। उनको झोला चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध नाइट्राभेट ट्याबलेट ५६ चक्की, स्पास्मो प्रोक्सिभोन १ सय ५६ थान, नाइट्रेजेपान ८९ थान, डाइजेपाम ५० एम्पुल, लुपिजेस ५० थान, फेनार्गन ५० थान, डाइलेक्स २ बोतल र नाइट्रेजेपान निट्राभेट १ सय ४६ थान बरामद गरिएको सप्तरीका एसपी मनोज कुमार यादवले बताए।
पक्राउ परेका यादवलाई सोमबार सप्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ७ दिनको म्याद थप गराई अनुसन्धान भइरहेको यादवले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।