क्यान चितवनको नयाँ नेतृत्वमा भुसाल

नेपाल लाइभ | २०७६ भदौ १४ शनिबार | Saturday, August 31, 2019 १९:३७:०० मा प्रकाशित

काठमाडौं- कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघ चितवनको नयाँ नेतृत्व चयन भएको छ। भरतपुरमा शनिबार भएको १४औं साधारण सभा तथा सातौं अधिवेशनबाट सन्तोषजनक भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो।

कार्यसमितिको उपाध्यक्षमा दिलिपकुमार तामाङ र सचिवमा टेकलाल भुषाल चुनिएका छन्।

आगामी २ वर्षका लागि गठन भएको नयाँ कार्यसमितिको कोषाध्यक्षमा रुपक नेपाल र सहसचिवमा विपी अधिकारीले जिम्मेवारी पाएका छन्।

सदस्यहरुमा अनिता भुसाल, प्रदीप महतो, कृष्ण पोखरेल, मधु चापागाईं, भिम सापकोटा, विनोद सापकोटा, दिनेश पण्डित, असिम ढुंगाना र गोविन्द बास्तोला छन्।

यसअघि महासंघका केन्द्रीय कोषाध्यक्ष शेखरनाथ दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले सचिव सन्तोषजनक भुसालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष दिलिप तामाङले प्रस्तुत गरेको अर्थिक प्रतिवेदनसमेत पारित गरेको थियो।

कार्यक्रम भानु शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।