काठमाडौं– मोरङको कानेपोखरी गाउँपालिका–६ घर भएका ३६ वर्षीय दीपक तामाङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बिशंखुपाखर गाउँपालिका–१ घर भई काठमाडौं बौद्ध महांकाल बस्ने १९ वर्षीय मनोज लामा छन्।
गत असार ३१ गते राति सवा ११ बजे सुकेधारास्थित एक हार्डवयर पसल अगाडि टाउकामा चोट लागेर अचेत भएको अवस्थामा तामाङलाई सडकमा प्रहरीले भेटेको थियो।
टाउकामा गहिरो चोट लागेको अवस्थामा फेला परेका तामाङलाई प्रहरीले उपचारका लागि बाँसबारीस्थित न्युरो अस्पताल लगेको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।
उक्त घटनामा संलग्न भएका लामालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार पक्राउ गरेको हो। उनले अपराध स्वीकार गरिसकेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।