• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

पलेँटीमा गुञ्जिदै लेकाली-परिवार

64x64
नेपाल लाइभ आइतबार, भदौ ८, २०७६  १६:३९
1140x725

काठमाडौं– भदौ महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा प्रसिद्ध सांगीतिक समूह लेकाली-परिवारको प्रस्तुति हुने भएको छ । यसका निम्ति लामो समयदेखि सामूहिक प्रस्तुतिबाट टाढा बसेका लेकालीका तीन सदस्यहरू नेपालयको ‘आर’शालामा जुटेका छन् । झण्डै आधा शताब्दी पहिलेका दिनहरू सम्झँदै गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ एक-अर्काको स्वरमा स्वर मिलाइरहेका छन्।

लेकाली-परिवार वि.सं. २०२४ सालमा स्थापना भएको सांगीतिक समूह हो । भोजपुरका दुई युवा गणेश रसिक र हिरण्य भोजपुरेको परिचय काठमाडौं आएपछि मात्र हुन्छ । संगीतको रुचिले उनीहरूको सम्बन्धलाई बिस्तारै नजिक बनाउँदै लैजान्छ । शुरुमा ‘राल्फा-परिवार’मा सक्रिय रहेका गणेश रसिक ‘राल्फा’बाट भर्खरै बहिरिएका हुन्छन् । सामूहिक संगतले अघि बढ्ने सांगीतिक कलाकर्मको मोहमा परेका ती युवाहरू अभावकै बीचमा पनि नयाँ सांगीतिक गोरेटो कोर्ने प्रयत्नमा हुन्छन् । उर्मिला श्रेष्ठ काठमाडौं त्यौड टोलकी स्थानीय बासिन्दा हुन्छिन् । उनकै पुर्ख्यौली घर परिवार ती युवाहरूको जमघट थलो हुन्छ र त्यहीँ जन्मन्छ ‘लेकाली-परिवार’ । लेकालीमा निर्मला श्रेष्ठ, शशि भण्डारी, इन्द्रनारायण मानन्धर, कमला श्रेष्ठ, नवीन किशोरहरू पनि संलग्न हुन्छन् ।
वि.सं. २०२५ सालको अन्तिमतिर लेकाली-परिवारले महेन्द्र पुलिस क्लबमा ‘छहाराको गीत’ शीर्षक दिएर आफ्नो औपचारिक शुरुवात गरेको थियो ।

कार्यक्रममा गाइएका ‘लहरा पहरा’, ‘ट्याम्के डाँडा’ ‘ए है है’, ‘काफल पाक्यो’, गीतहरूले निकै चर्चा कमाएका थिए । त्यही कार्यक्रमबाट लेकालीले आफ्नो छुट्टै पहिचान स्थापना गर्न थालेको हो । सोही कार्यक्रमको चर्चापछि लेकालीलाई रेडियो नेपालको द्वार पनि पहिलेको भन्दा खुकुलो हुन थाल्छ । यिनीहरूका गीत देशैभरि गुन्जन थाल्छन् । लेकालीले पनि ‘राल्फा’लेझैँ आधुनिक, प्रयोगवादी र लोक आधारित गीतहरू सृजना गर्ने गरेका हुन्छन् । लेकालीले पूर्वी पाहाडको लोक शैलीलाई आधार बनाएर बनाएका गीतहरू झण्डै लोकगीतकै रुपमा स्थापित हुन थाल्छन् । गणेश रसिकले बनाएको‘रातो भाले’ र हिरण्य भोजपुरेले बनाएको ‘झाँक्री गीत’लाई कतिपयले अहिले पनि लोकगीत नै सम्झन्छन् तर त्यस्ता गीतहरू लोकशैलीमा सृजना भएका मौलिक गीत नै थिए।

विगतको सृजनाकर्मको दिनहरू सम्झाउँदा गणेश रसिक भन्छन्, ‘हामी गोठाले जीवन बिताएका मान्छे; राजधानी टेकेपछि तिनै गोठाले शब्दहरूलाई भाकामा गाइयो,  सुन्नेले लोकगीतकै दर्जा दिए।'

लामो समयपछि लेकालीको नाममा फेरि मञ्चमा उपस्थित हुन पाउँदा उत्साहित बनेकी उर्मिला श्रेष्ठ भोजपुरे र रसिकतर्फ इसारा गर्दै थप्छिन्, ‘उहाँहरूले बनाएका गीतहरूले लोकगीतकै स्तरमा लोकप्रियता हासिल गर्नुमा ती गीतभित्र रहेको सामाजिक यथार्थताको चित्रणले गर्दा हो जस्तो लाग्छ।'

परिचित हाँस्यशैलीमा हिरण्य भोजपुरे थप्छन्, ‘यो उमेरमा आएर हामीले रचेका गीतको चर्चा गर्नुभन्दा पनि पलेँटीमा गाउने बेलामा तिनका हरफ सम्झनै मुस्किल होला जस्तो भइसक्यो यहाँ ! कागज नै हेर्नुपर्ने अवस्थामा पुगिसक्यो हाम्रो सम्झना शक्ति ! तर हामीलाई नाम र पहिचान भने यिनै गीतले दिएका हुन् है!’

उबेला लेकालीमा संलग्न रहेका कति जना कलाकारले संसारबाट बिदा लिइसके । कति विदेशमा छन् । कति वृद्ध र अशक्त भइसके । आउँदो पलेँटीमा भोजपुरे, रसिक र उर्मिलाले विगतका तिनै सहयात्रीहरूसँगको संगतलाई सम्झना गर्नेछन् । गीत गुञ्जाउने छन् ।
‘हामीसँग कुनैबेला सहयात्री कलाकारहरूको लामो लस्कर हुने गर्थ्यो तर समयले धेरै कोल्टे फेरिसक्यो अहिले हामी तीनजनामात्र स्टेजमा निस्कँदै छौं । सांगीतिक कार्यक्रम हुनेबेला त उहिले पनि उत्साह हुन्थ्यो, अहिले पनि छ । पलेँटीको माहोलसँग परिचित भएकोले झन् उत्साह थपिएको छ,' भोजपुरे भन्दै थिए।

‘लेकाली हाम्रो आरम्भ थियो । यात्रामा कति काम गर्न छुटेका हुन्छन्,  कति बिटमार्न। अब हामी हाम्रा सृजनात्मक कर्महरूलाई बिटमार्दै छौं कि जस्तो लाग्छ । यो कार्यक्रम पनि त्यही क्रमको थालनी हो कि ?’ रसिक भावुक बन्दै थिए।

Ncell 2
Ncell 2
nimb
nimb

‘हामी सामुहिक गायनमा अभ्यस्त, यत्रो वर्षपछि स्टेजमा आउँदैछौं । कस्तो हुने भन्ने डर पनि छ । पलेँटीको माया लाग्दो प्रस्तावले राम्रै हुन्छ भन्ने पनि लाग्छ ।‘ आउँदो कार्यक्रम बारे उर्मिलाको टिप्पणी थियो ।

लेकाली-परिवारको पलेँटीमा चर्चित गायिका मीना निरौलाले पनि गायनमा साथ दिनेछिन् । मीना पलेँटीसँग लामो समयदेखि संलग्न रहेकी गायिका हुन् ।    

‘पलेँटी मार्फत् लेकाली-परिवारलाई वर्तमान समयमा सुन्न र सुनाउन पाउनु एउटा ऐतिहासिक सांगीतिक घटना हो। लेकालीले अंगालेको सांगीतिक बाटो नेपाली संगीत संसारको पृथक् बाटो थियो । यसपालीको पलेँटीको अनुभव लिन पाउनु भनेको संगीतको माध्यमबाट नेपाली समाजको अध्ययन गर्न पाउनु पनि हो भन्ठान्छु ।’ पलेँटी संयोजक आभासले भने।

यही महिनाको १३ गते शुरु हुने लेकालीसँगको पलेँटी ३ दिनसम्म चल्ने छ । कार्यक्रमलाई पलेँटीको शुरुवातदेखि नै संचालन गर्दै आएका संगीतकर्मी आभासले लेकालीको सांगीतिक यात्राको सेरोफेरोमा रहेर लेकालीसँग संवाद पनि गर्नेछन्।

Xtrem

Xtrem

कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुने पलेँटीमा लेकालीलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिनेछन्।

शुरुमा अँग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम केही महिनादेखि महिनाको अन्तिम सप्तान्त- शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ।

कार्यक्रममा सहभागी हुनका निम्ति अनलाइन, फोन र ईमेलबाट टिकेट बुक गर्ने सुविधा रहेको जानकारी प्राप्त भएको छ । त्यसकानिम्ति www.thuprai.com साथै [email protected] र 9803919266 मा सम्पर्क गर्न सकिने कुरा आयोजक संस्था नेपालयले जानकारी गराएको छ। 

यही अगष्ट महिनाको, ३०, ३१ र सेप्टेम्बरको १ तारिखमा हुने पलेँटी कालिकास्थान स्थित नेपालयको साबिककै कार्यक्रमस्थल ‘आर.शाला’मा प्रस्तुत हुनेछ ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १६:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना आइतबार, असोज २५, २०८३
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य आइतबार, असोज २५, २०८३
‘सीपयुक्त जनशक्ति उत्पादन गर्न निजी क्षेत्रसँग सहकार्य गछौँ’: मन्त्री यादव आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्