प्रहरीले मोबाइल लुट्यो भन्दै प्रहरीलाई नै फोन, पक्राउ परे उजुरी दिने युवक

नेपाल लाइभ | २०७६ भदौ ८ आइतबार | Sunday, August 25, 2019 १२:५७:०० मा प्रकाशित

काठमाडौं– प्रहरीले आफ्नो मोबाइल लुटेको भन्दै प्रहरीलाई नै फोन गरेर सूचना दिने युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमडौं नागार्जुन नगरपालिका स्यूचाटार बस्ने २५ वर्षीय आकाश भट्टराई छन्। उनलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको हो।

सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित दुर्गा मन्दिर नजिकबाट आफ्नो मोबाइले प्रहरीले मोबाइल लुट्यो भन्दै प्रहरीको कन्ट्रोल रुममा उनले सूचना दिएका थिए। 

लगत्तै अनुसन्धानमा जुटेको प्रहरीले उक्त मोबाइल आकाशले आफ्नै साथीलाई दिएरु प्रहरीले लुट्यो भन्दै झुटो सूचना दिइएको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनलाई महानगरीय प्रहरी वृत्त ठिमीमा राखिएर अनुसन्धान सुरु गरिएको छ।