ईश्वर पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण

नेपाल लाइभ | २०७६ भदौ ७ शनिबार | Saturday, August 24, 2019 १८:३५:०० मा प्रकाशित

काठमाडौं- नेकपाका नेता ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीको स्कूल विभाग प्रमुखको जिम्मेवारी लिएका छन्। 

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शनिबार विशेष कार्यक्रम गरी पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको हो। तात्कालीन नेकपा एमालेका स्कूल विभाग प्रमुख शंकर पोखरेलले नेता ईश्वर पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका हुन्। 

स्कूल विभाग प्रमुखको जिम्मेवारी लिएपछि नेता पोखरेलले विचार र संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउँदै नेतृत्व निर्माणमा अघि बढ्ने प्रतिबद्धता जनाए। 
'सिंगो पार्टीपंक्तिले राजनीतिक कार्यदिशाका बारेमा एउटै बुझाई राख्ने र एउटै बोली बोल्नुपर्ने आवश्यकता छ,' नेता पोखरेलले भने, 'परिर्वतित अवस्थामा हिजोको ढाँचाबाट नेतृत्व निर्माण हुन अब सक्दैन।'

स्कूल विभागको जिम्मेवारी लिन धेरैले दाबी गरिरहFदा पोख्रेलले जिम्मेवारी पाएका थिए। पोखरेल पार्टी एकताअघि तात्कालीन नेकपा एमालेका महासचिव थिए।