प्रहरी जवान एक युवतीको कोठाभित्र मृत फेला, युवती पक्राउ

नेपाल लाइभ | २०७६ भदौ १ आइतबार | Sunday, August 18, 2019 १३:२६:०० मा प्रकाशित

काठमाडौं- प्रहरी जवान शंकर ठगुन्ना एक युवतीको कोठामा मृत भेटिएका छन्।

महानगरीय प्रहरी वृत स्वयम्भुमा कार्यरत ठगुन्ना काठमाडौंकै ठूलो भर्‍याङस्थित एक युवतीको कोठामा मृत फेला परेको स्वयम्भुका डिएसपी लालध्वज सुवेदीले पुष्टि गरे।

प्रहरीले उक्त कोठामा बस्ने ती युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। राति साढे १ बजेतिर जवान सुवेदी झुण्डिएको अवस्थामा मृत फेला परेको भन्दै ती युवतीले प्रहरीलाई खबर गरेकी थिइन्।

ठगुन्ना सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए। प्रहरी नियन्त्रणमा रहेकी युवती प्रहरी जवान ठगुन्नाको प्रेमिका भएको प्रहरीले जनाएको छ।