कृति अवार्डको नोमिनेसन सार्वजनिक

नेपाल लाइभ | २०७६ श्रावण ३१ शुक्रबार | Friday, August 16, 2019 २१:११:०० मा प्रकाशित

काठमाडौं- ११औं कृति अवार्डका ३ मुख्य विधाका ३१ नोमिनेसन सार्वजनिक गरिएको छ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विज्ञापन संघले टेक्निकल, क्याम्पेन र मेनस्ट्रिम विधाका विभिन्न ३१ वटा नोमिनेसन सार्वजनिक गरेको हो।

सञ्चार उद्यमीहरु, व्यवसायीहरु तथा विज्ञापनकर्मीको साझा कार्यक्रमको रुपमा कृति अवार्डलाई लिने गरिन्छ। आगामी भदौ १३ गते होटल सोल्टीमा अवार्ड वितरणको कार्यक्रम हुँदैछ।

आज सार्वजनिक भएको नोमिनेसनमा टेक्निकल विधाका विभिन्न ९ शिर्षकमा प्रतिस्पर्धा हुनेछ भने क्याम्पेन विधामा विभिन्न १५ शीर्षकमा प्रतिस्पर्धा हुँदैछ। यस्तै, मेनस्ट्रिम विधाका विभिन्न ७ शिर्षकमा प्रतिस्पर्धा हुनेछ।