• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

श्रीमान्‌को मृत्युको खबरपछि श्रीमतीको सुसाइड नोट- हाम्रो लासलाई सँगै राखिदिनु

64x64
नेपाल लाइभ बिहीबार, साउन ३०, २०७६  १३:१५
1140x725

इटहरी- वैदेशिक रोजगारीका क्रममा कतारमा श्रीमान्‌ ललितबहादुर लिम्बूको मृत्यु भएको खबर सुनेपछि मोरङको सुन्दरहरैचा-५ की टीकाकुमारी लिम्बूले आफूलाई सम्हाल्न नसकेर मृत्यु रोजिन्।

आइतबार साँझ आत्महत्या गर्नुअघि टीकाले 'सुसाइड नोट'मा लेखिन्- 'हामी बूढाबूढी सँगै बाँच्न नसके पनि सँगै मर्न त सक्छौं। यसमा कसैको दोष छैन। हाम्रो लासलाई सँगै राखिदिनु।'

साउन २५ गते शनिबारको रात। ललित भोलिपल्टको छुट्टी अघिल्लो रातदेखि नै मनाउने सुरसारमा थिए। कतारको दोहामा कार्यरत उनी आइतबार परेको बकर इदको बिदा मनाउन अघिल्लो दिन नै साथीहरुसँग समुद्री किनारतर्फ लागे। उनीसँग ४ जना साथी पनि थिए।

अलिक चञ्चले स्वभावका ललित किनारबाट समुद्रतर्फ केही परसम्म पुग्ने कोसिसमा थिए। त्यहीबेला आएको सामुद्रिक छालले लपेटेर लग्यो। बिदाको रमाइलो मनाउन सँगै गएका साथी किनारमै हल न चल रहे। ललित समुद्रमा समाहित भएको टुलुटुलु हेर्नुसिवाय उनीहरुका लागि अन्य केही उपाय रहेन।

दसैंमा घर आउने वाचा गरेका उनी इदको छुट्टीमै सधैंका लागि बिदा भए।

उक्त दुर्घटना हुँदा नेपालमा बिहानको ३ बजेको थियो। घरमा सबै जना सुतेका थिए। तर, बिहान उठ्नेबित्तिकै परिवारले नचिताएको र कहिल्यै सुन्न नपरोस् भन्ने खबर सुन्नुपर्‍यो।

छोराबुहारी नै गुमाएपछि शोकाकुल परिवार।

घटना भएको करिब ३ घन्टापछि अर्थात् बिहानको ६ बजेतिर उनका साथीहरुले परिवारमा खबर गरिदिएका थिए। खबर पाउनासाथ परिवारमा रुवाबासी सुरु भयो। श्रीमती टीका बेहोस भइन्। करिब २ घन्टापछि उनी होसमा आएकी थिइन्।

000

Ncell 2
Ncell 2
nimb
nimb

१३ वर्षदेखि कतारमा कर्म गरिरहेका ललितको प्राण पनि कर्मभूमि अर्थात् मरुभूमिमा गयो। टीकाकुमारी र ललितको पहिलो भेट त्यही मरुभूमिमा भएको भयो, जहाँ ललितले अन्तिम स्वास फेरे।

११ वर्षअगाडि कामदारकै रुपमा टीका कतारमा थिइन्। चितवन घर भएकी उनी उमेरमा ललितभन्दा ६ वर्ष जेठी थिइन्। त्यो बेलासम्म अविवाहित रहेकी टीका र ललितको मन मिल्यो। मायाको अगाडि उमेर बाधा बन्नेवाला थिएन। ६ वर्ष जेठी प्रेमिकासँग विवाह गर्न राजी भए ललित। दुई वर्षअघि मात्रै टीकालाई उनले घर भित्र्याएका थिए।

तर, ललितसँग उनको औपचारिक विवाह भने भएको थिएन। दसैंमा ललित घर आउने र विवाह गर्ने योजनामा थिए दुवै।

ललित र टीकाकुमारी।

यहीबीचमा कतारको कमाइले धरान-१५ मा घर बनाउँदै थिए। ललितको जीवनको ठूलो सपना थियो घर।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

टीकाले सुसाइड नोटमा देवर विपीनलाई उद्धृत गर्दै लेखेकी छिन्, ‘धरानको घर ललितको ठूलो सपना हो। बाबा-ममीलाई राखिदिनु।’

धरानमा घर ठडिइसकेको छ। अब अन्तिम चरणको मात्रै काम बाँकी छ। त्यही नयाँ घरमा विवाह गर्ने योजनामा थियो परिवार। तर, नयाँ दुलहा-दुलहीलाई स्वागत गर्नुको साटो दुवैलाई अन्त्येष्टि गर्नुपर्ने बाध्यता आइलाग्यो।

000

परिवारमा पूरै सन्नाटा छाइसकेको थियो। टीका मन बहलाउन घरभित्र/बाहिर गरिरहेकी थिइन्। केही क्षणमा कोठाभित्र पसेर रुने कराउने पनि गर्थिन्।

परिवारका अन्य सदस्य पनि सम्हालिने अवस्थामा थिएनन्। घरभरि रुवाबासी चलिरहेकै थियो। त्यहीबेला उनले सुसाइड नोट लेखेकी रहिछन्। साँझको ६ बजेतिर उनी नुहाउँछु भन्दै बाथरुम छिरिन्। मोबाइल साथमै लगेकी रहिछन्। ढोका बन्द गरेर सावर खोलिन्। सावरको आवाज बाहिरसम्म आएको थियो।

मोबाइलबाट चितवनमा रहेका आफ्ना भाइलाई म्यासेज गरिछन्। जहाँ उनले लेखेकी थिइन्- अब म बाँच्न सक्दिनँ।

टीकाको पेटमा ७ महिनाको बच्चा थियो। उनले पेटमा हुर्किंदै गरेको शिशुको पनि ख्याल गरिनन्। श्रीमान् नभएपछि जीवनको कुनै अर्थ नभएको बुझिन् सायद। त्यसपछि भेन्टिलेसनको रडमा सलको पासो लगाइन्।

करिब १५ मिनेटपछि उनका भाइले परिवारका अन्य सदस्यलाई सम्पर्क गरे। पहिला पनि पारिवारिक रुपमा खासै सम्पर्क नहुने गरेकोले ढिला गरी सम्पर्क भयो।

'दिदी कता छ?' भन्दै टीकाका भाइले फोनमा सोधे।

यताबाट जवाफ फर्काइयो, 'बाथरुमतिर नुहाउन छिरेकी छ।'

'हैन केही भयो कि, एकपटक हेर्नुपर्‍यो,' उनले अत्तालिएको आवाजमा भने।

त्यसपछि टीकालाई बाथरुमको ढोका खोल्न पटकपटक भनियो। भित्रबाट सावरबाट पानी झरिरहेको एकोहोरो आवाजमात्रै आइरहेको थियो। टीकाले कुनै प्रतिक्रिया नजनाएपछि अन्ततः ह्याम्मरले हानेर ढोका फोरियो।

टीकाका भाइले भनेजस्तै वास्तवमै भित्र केही भइसकेको थियो। छोरो गुमाएको शोकमा डुबेको परिवारलाई फेरि अर्को बज्रपात परेको थियो।

ललितका भाइ विपीनले तत्काल एम्बुलेन्स बोलाए। ‘नजिकै रहेको दीक्षित मेडिकलमा लगेर चेक गरेको धुकधुकी मात्र बाँकी छ, घोपा लैजानु भन्यो,’ विपीनले घटनाबारे बताए, ‘घोपा (बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान) पुर्‍याएको केही मिनेटमै भाउजू बित्नुभयो।’

टीकाकुमारी।

अझै पनि टीकाको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै राखिएको छ। सुसाइड नोटमा ‘हाम्रो लास सँगै राख्नु’ भनिएको कारण ललितको शव नआउन्जेल उनको शव पनि सोही अस्पतालमै राखिने भएको छ। दूतावासमार्फत सम्पर्क भइरहेकोले आगामी आइताबारसम्म ललितको शव नेपाल आउने पारिवारिक स्रोतले जानकारी दिएको छ।

अहिले ललितको शवको पर्खाइमा छ, परिवार। 

यस्तो छ टीकाको सुसाइड नोट:
बाबु विपीन आइएमईमा १ लाख ५० हजार रुपैयाँ छ, निकाल्नु। ५० हजारको रसिद छ लगेर जानु। मेरो नागरिकता पनि लानु।

आमा, बाबा, दिदी, बहिनीको राम्रोसँग केयर गर्नु। हाम्रा सबै सपनाहरु अधुरा भए। धरानको घर पूरा गरेर बस्न सकेनौं।

पठाउने- इन्दिरा जोशी, कतार

पाउने- टिका कुमारी लिम्बु

१,००,००० छ।

पचास हजार ललितले पठाको हो।

नागरिकतामा रसिद छ लगेर जानु बाबु।

म आफूले आफैंलाई सम्झाउन नसकेर हो। कसैको दोष छैन। हामी बुढाबुढी सँगै बाच्न नसके पनि सँगै मर्न त सक्छौं। यसमा कसैको दोष छैन। हाम्रो लासलाई सँगै राखिदिनु।

पैसा सुटकेसमा छ हेर्नु ल।

धरानको घर ललितको ठूलो सपना हो। बाबा, ममीलाई राखिदिनु।

प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
दश किलो गाँजासहित एक जना पक्राउ
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्