इराकी राष्ट्रपतिले राष्ट्र सङ्घ महासभामा सम्बोधन गर्ने

नेपाल लाइभ | २०७६ श्रावण ३० बिहीबार | Thursday, August 15, 2019 ०६:४६:०० मा प्रकाशित

तेहरान- इराकका राष्ट्रपति हसन रौहानीले संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने भएका छन्।

अमेरिकाको न्युयोर्कमा अर्को महिना हुने महासभामा उनले सम्बोधन गर्ने तय भएको इराकी अधिकारीहरूले जनाएका छन्।

इराकी राष्ट्रपतिको कार्यालयका मुख्य कर्मचारी मोहम्मद भाएजीले बुधबार उनको सम्बोधन तय भएको जानकारी दिएका हुन्। 'अरु कुनै विषेश परिस्थिति आइनपरेमा राष्ट्रपति रौहानीले राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने निश्चित भइसकेको छ,' उनले इराकस्थित सरकारी समाचार संस्थासँग भने।

रौहानीले महासभामा सहभागी हुन अमेरिका जाने क्रममा त्यहाँ रहेका आप्रवासी इराकीहरूसँग भेटघाट पनि गर्ने भाएजीले उल्लेख गरे।

त्यसबाहेक उनले विश्वभरबाट आएका राजनीतिक नेताहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।

हरेक वर्ष हुने गरेको राष्ट्र सङ्घको महासभा अहिले ७४औँ पटक हुन लागेको छ। यो वर्षको महासभा न्युयोर्कमा सेप्टेम्बर १७ देखि सुरु हुने तय भएको छ। रासस/सिन्ह्वा