काठमाडौं- श्री एयरलाइन्सले पाँच अन्तर्रा्ष्ट्रिय गन्तव्यमा उडानका लागि अनुमति पाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतका चारवटा र बंगलादेशको एउटा शहरमा उडानका लागि श्रीलाई अनुमति दिएको हो।
श्रीले भारतको राजधानी नयाँ दिल्लीसहित कोलकत्ता, बैंग्लोर र अहमदावाद तथा बंगलादेशको राजधानी ढाकामा उडानका लागि अनुमति पाएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट श्रीले पाँच गन्तव्यमा उडान अनुमति पाएको श्री एयरलाइन्सका बजार व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए। १७ वर्षको हेलिकोप्टर सेवासँगै २ वर्ष अगाडि फिक्स्ड विङ सर्भिसमा प्रवेश गरेको श्रीले अन्तर्रा्ष्ट्रिय उडानको अनुमति पाएको हो।
श्री एयरले हेलिकोप्टर सेवा सहित अहिले सिआजे जेट इन्जिन विमान मार्फत आन्तरिक उडानमा सेवा दिँदै आएको छ। श्री एयरले अहिले आन्तरिक उडानमा विराटनगर, भद्रपुरm धनगढी, नेपालगञ्ज र भैरहवामा सेवा दिँदै आएको छ।
साथै श्रीले केही दिन अगाडि मात्रै बनारासरमा अन्तर्राष्ट्रिय तर्फको परक्षीण उडान गरेको थियो। श्रीले ४ वटा विमान मार्फत सेवा दिँदै आएपनि दुई वटा टब्रोपप जहाज नेपाल भित्र्याउने तयारी गरिरहेको छ। जहाज यही महिना भित्र नेपाल आउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।