बेइजिङ- चीनमा कार बिक्री दरमा गत वर्षको जुलाईको तुलनामा यस वर्ष ४.३ प्रतिशतले कमी आएको चिनियाँ कार निर्माण कम्पनी संघले सोमबार बताएको छ।
'यस वर्षको जुलाईमा १० लाख ८८ हजार कार बिक्री भएको र यो गत वर्षको तुलनामा ४.३ प्रतिशतले कम हो। कार बिक्रीदर यस वर्षको जुनको तुलनामा जुलाईमा ५.३ प्रतिशत अङ्कले कमी आएकोे छ,' संघका महासचिव चेन सिहुआले बताए।
'सन् २०१९ को पहिलो सात महिनामा चीनमा जम्मा एक करोड ४१ लाख ३२ हजार कार बिक्री भएको छ,' चेनले भने। यो गत वर्षको सोही समयको बिक्रीको तुलनामा ११.४ प्रतिशतले कमी हो।
चीनले जनवरीदेखि जुलाईसम्ममा एक करोड ३९ लाख ३३ हजार कारको निर्माण गरेको थियो। अघिल्लो बर्षको सोही अवधिको तुलनामा यस बर्ष कार निर्माणमा १३.५ प्रतिशतले कमी आएको छ।
विद्युतीय उर्जाबाट चल्ने कारको बिक्रीमा पनि गत वर्षको तुलनामा यस वर्षको सुरुका सात महिनामा उल्लेख्य वृद्धि भएको चेनले बताए। विद्युतीय उर्जाबाट चल्ने सवारी साधनको यस वर्षको उत्पादनमा ४०.९ प्रतिशतले वृद्धि हुँदा चीनमा छ लाख ९९ हजार विद्युतीय सवारी उत्पादन भएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।