• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बकर-इदको पूर्वसन्ध्यामा जाहिराको घरमा डोजर चलेपछि...

64x64
नेपाल लाइभ सोमबार, साउन २७, २०७६  ०९:३६
1140x725

जनकपुर- मुश्लिम धर्मावलम्बीहरु सोमबार बकर-इद पर्व (इद उल जोहा) मनाउने तयारी गरिरहेका बेला ऋण नतिरेको भन्दै महोत्तरीमा एक मुश्लिम परिवारको घरमा डोजर चलाइएको छ।

घर भत्कादिएपछि आफ्नो समुदायको मुख्य पर्वको मुखमै घरबारविहीन हुनुपरेको महोत्तरीको भंगहा नगरपालिका–१, कविलाशाकी जाहिरा खातुनले गुनासो गरिन्। 'छोराछोरी सानै छन्। अब बस्नेखाने टुंगो रहेन,' भत्किएको घर नजिकै भेटिएकी खातुनले भनिन्, 'पर्वको मुखमै बेघर बनाइदिए।'

खातुनका श्रीमान मोहम्मद पनित शेषलाई वैदेशिक रोजगारीमा पठाउँदाको खर्चवापतको रकम नतिरहेको भन्दै म्यानपावरका एजेन्टले शनिबार खातुनको घरमा डोजर चलाइदिएका हुन्।

‘हामी त बकर-इदको तयारीमा थियौं, एक्कासी आएर घर भत्काइ दिए,’ घर नजकिको सडक छेउमा पाल टाँगेर बसेकी खातुनले भनिन्, ‘श्रीमान् विदेशमै छन्। आएपछि हिसाबकिताब गर्ने थिएँ, तर अहिले ममाथि के आपत आइलाग्यो?'

घर भत्काइएपछि अन्नपात, लत्ताकपडा, खाना पकाउने भाँडाकुँडा सबै पुरिएका छन्। ‘घरमा एजेन्ट बद्री ठाकुरलाई दिन श्रीमानले पठाइदिएको १ लाख ५० हजार र बुवाले दिनुभएको ५० हजारसमेत गरेर २ लाख रुपैयाँ, केही सुनचाँदीको गरगहनासमेत थियो। खाद्यान्न, लत्ताकपडासमेत निकाल्न नदिएर डोजर लगाएर घर भत्काइ दिए,’ खातुनले बिलौना पोखिन्।

भंगहा नगरपालिका-१ कै बद्री ठाकुरले प्रहरी/प्रशासनको मद्दतले शेषको घर डोजर लगाएर भत्काउँदै ठाउँ खाली गराएका छिमेकीहरु बताउँछन्।

‘बद्री ठाकुरको घरमा शनिबार बिहानैदेखि प्रहरीसहितको भोजभतेर चलिरहेको थियो,’ सो बस्तीमै रहेको विद्यालयका एक शिक्षकले भने, ‘पछि पो थाहा भो जाहिराको घर उजाड्न पो रहेछ।’

Ncell 2
Ncell 2
nimb
nimb

शेष रोजगारीका लागि विदेश गएपछि उनलाई पठाएको खर्च भन्दै ठाकुरले शेषका बाबु अहमद शेषसँग कागज गरेका र त्यहीं कागजको आधारमा घर उठिबास लगाएका जाहिराले बताइन्। ‘मेरा श्रीमान पैसा दिएरै विदेश जानु भएको हो, उहाँ नभएपछि मेरा सोझा ससुरालाई धम्क्याएर कागज गराउनु भएछ, यो कुरा धेरैपछि मात्रै थाहा पाएकी हुँ।’

पीडित जाहिराका अनुसार पति शेष अहिले पनि साउदी अरबमा वैदेशिक रोजगारीमा छन्। ८ वर्षअघि एजेन्ट ठाकुरले शेषलाई २० हजार रुपैयाँमा राम्रो कमाइ हुने कम्पनीमा पठाइदिने बताएपछि उनी विदेश गएका जाहिराको भनाइ छ।

छोरालाई कमाउन विदेश पठाइदिने भन्दै ८ वर्षअघि ठाकुरले जाहिराका ससुरा अहमदसँग करिब ८५ हजार लिएको कपाली तमसुक बनाएका थिए। जाहिराका ससुराले २०६८ भदौं १५ गते सो ऋण लिएको तमसुकमा उल्लेख छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083
जाहिराका ससुरा अहमद।

तर, अदालतमा भने बद्रीले दिएको उजुरीमा २ लाख ५५ हजार रुपैयाँ ऋण लिएको दाबी गरिएको छ। ‘अहिले साँवा र ब्याजसहित करीब १० लाख माग्दा तिर्न सकिन,' जाहिरा सुनाउँछिन्।

शेषको सम्पतिको नाममा ५ धुर घडेरी र कच्ची घर मात्रै थियो। शेषका ४ छोरी र २ छोरा छन्। जाहिराले केही वर्षअघि एजेन्ट ठाकुर राति-राति घरमा आउने र ऋण छोडिदिने भन्दै राख्ने गरेका अनैतिक सम्बन्धको प्रस्ताव आफूले नमान्दा अहिले रिस फेरेको आरोपसमेत लगाइन्।

यता ठाकुरले भने शेष परिवारको घर आफूले नभई अदालतले भत्काएको बताए। उनले भने, ‘मैले कागज अनुसारको मुद्दा अदालतमा हालें, फैसला भयो। अहिले त्यही आफ्नो फैसलाअनुसार महोत्तरी जिल्ला अदालतले कार्यान्वयन गराएको हो। प्रहरी, प्रशासन र डोजर अदालत कै आदेशमा आएका हुन् , मैले केही गरेको छैन।’

म्यानपावर एजेन्ट बद्री ठाकुर।

घर भत्काउन नजिकको रामगोपालपुर र लोहारपट्टीस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी परिचालित भए पनि जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने घटनाका सम्बन्धमा अनभिज्ञता प्रकट गरे। ‘पीडितबाट कुनै उजुरी आएको छैन, त्यसैले कुनै कारबाही हुने कुरा भएन, उजुरी आए खोजीनीति गरिनेछ,’ प्रहरी उपरीक्षक अधिकारीले भने।

यस विषयमा तत्कालीन समयमै पनि सामाजिक रुपमै छलफल पनि भएको कविलाशावासी बताउँछन्। तर, ठाकुरले भने यसलाई स्वीकारेनन्।

भंगहा नगरपालिकाका नगर प्रमुख सञ्जीवकुमार साहले आफूले दुवै बीचको लेनदेनको मुद्दा मिलाउन ३ पटक पहल गरेको बताए। ‘पछि जोडर लगाएर घर भत्काएको घटना सुन्दा दुःख लागेको छ,’ उनले भने।

मानव अधिकार रक्षक सञ्जाल महोत्तरीका सचिव रञ्जन भण्डारीले यसरी चाडपर्वको बेला कसैलाई घरबारविहीन बनाउनु सरासर मानव अधिकार उल्लंघन भएको बताए। उनले यस सन्दर्भमा छानबीन गरिनुपर्ने र दोषिमाथि कारबाही हुनुपर्ने माग गरे।

प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  ०९:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा
एनपीएल–३ : किशोर र शेरको घातक बलिङ, सुदूरपश्चिम ८७ रनमै अलआउट
एनपीएल–३ : सुदूरपश्चिमको ब्याटिङ ध्वस्त, १० ओभरमै ७ विकेट पतन
सम्बन्धित सामग्री
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिक... सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना बिहीबारदेखि भने देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने बताइएको छ । सोमबार, कात्तिक ९, २०८३
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि पुल सञ्चालन तथा उद्घाटनको औपचारिक मिति भने सार्वजनिक भइसकेको छैन । आइतबार, कात्तिक ८, २०८३
ताजा समाचारसबै
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : किशोर र शेरको घातक बलिङ, सुदूरपश्चिम ८७ रनमै अलआउट सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : सुदूरपश्चिमको ब्याटिङ ध्वस्त, १० ओभरमै ७ विकेट पतन सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : पहिलो पावर प्लेमा सुदूरपश्चिमको चार विकेट पतन, गत फाइनलको झल्को सोमबार, कात्तिक ९, २०८३
सुदूरपश्चिमले लगातार दुई विकेट गुमायो, लुम्बिनीलाई मल्ल र महतोले दिलाए सफलता सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्