• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बकर-इदको पूर्वसन्ध्यामा जाहिराको घरमा डोजर चलेपछि...

64x64
नेपाल लाइभ सोमबार, साउन २७, २०७६  ०९:३६
1140x725

जनकपुर- मुश्लिम धर्मावलम्बीहरु सोमबार बकर-इद पर्व (इद उल जोहा) मनाउने तयारी गरिरहेका बेला ऋण नतिरेको भन्दै महोत्तरीमा एक मुश्लिम परिवारको घरमा डोजर चलाइएको छ।

घर भत्कादिएपछि आफ्नो समुदायको मुख्य पर्वको मुखमै घरबारविहीन हुनुपरेको महोत्तरीको भंगहा नगरपालिका–१, कविलाशाकी जाहिरा खातुनले गुनासो गरिन्। 'छोराछोरी सानै छन्। अब बस्नेखाने टुंगो रहेन,' भत्किएको घर नजिकै भेटिएकी खातुनले भनिन्, 'पर्वको मुखमै बेघर बनाइदिए।'

खातुनका श्रीमान मोहम्मद पनित शेषलाई वैदेशिक रोजगारीमा पठाउँदाको खर्चवापतको रकम नतिरहेको भन्दै म्यानपावरका एजेन्टले शनिबार खातुनको घरमा डोजर चलाइदिएका हुन्।

‘हामी त बकर-इदको तयारीमा थियौं, एक्कासी आएर घर भत्काइ दिए,’ घर नजकिको सडक छेउमा पाल टाँगेर बसेकी खातुनले भनिन्, ‘श्रीमान् विदेशमै छन्। आएपछि हिसाबकिताब गर्ने थिएँ, तर अहिले ममाथि के आपत आइलाग्यो?'

घर भत्काइएपछि अन्नपात, लत्ताकपडा, खाना पकाउने भाँडाकुँडा सबै पुरिएका छन्। ‘घरमा एजेन्ट बद्री ठाकुरलाई दिन श्रीमानले पठाइदिएको १ लाख ५० हजार र बुवाले दिनुभएको ५० हजारसमेत गरेर २ लाख रुपैयाँ, केही सुनचाँदीको गरगहनासमेत थियो। खाद्यान्न, लत्ताकपडासमेत निकाल्न नदिएर डोजर लगाएर घर भत्काइ दिए,’ खातुनले बिलौना पोखिन्।

भंगहा नगरपालिका-१ कै बद्री ठाकुरले प्रहरी/प्रशासनको मद्दतले शेषको घर डोजर लगाएर भत्काउँदै ठाउँ खाली गराएका छिमेकीहरु बताउँछन्।

‘बद्री ठाकुरको घरमा शनिबार बिहानैदेखि प्रहरीसहितको भोजभतेर चलिरहेको थियो,’ सो बस्तीमै रहेको विद्यालयका एक शिक्षकले भने, ‘पछि पो थाहा भो जाहिराको घर उजाड्न पो रहेछ।’

Ncell 2
Ncell 2
nimb
nimb

शेष रोजगारीका लागि विदेश गएपछि उनलाई पठाएको खर्च भन्दै ठाकुरले शेषका बाबु अहमद शेषसँग कागज गरेका र त्यहीं कागजको आधारमा घर उठिबास लगाएका जाहिराले बताइन्। ‘मेरा श्रीमान पैसा दिएरै विदेश जानु भएको हो, उहाँ नभएपछि मेरा सोझा ससुरालाई धम्क्याएर कागज गराउनु भएछ, यो कुरा धेरैपछि मात्रै थाहा पाएकी हुँ।’

पीडित जाहिराका अनुसार पति शेष अहिले पनि साउदी अरबमा वैदेशिक रोजगारीमा छन्। ८ वर्षअघि एजेन्ट ठाकुरले शेषलाई २० हजार रुपैयाँमा राम्रो कमाइ हुने कम्पनीमा पठाइदिने बताएपछि उनी विदेश गएका जाहिराको भनाइ छ।

छोरालाई कमाउन विदेश पठाइदिने भन्दै ८ वर्षअघि ठाकुरले जाहिराका ससुरा अहमदसँग करिब ८५ हजार लिएको कपाली तमसुक बनाएका थिए। जाहिराका ससुराले २०६८ भदौं १५ गते सो ऋण लिएको तमसुकमा उल्लेख छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083
जाहिराका ससुरा अहमद।

तर, अदालतमा भने बद्रीले दिएको उजुरीमा २ लाख ५५ हजार रुपैयाँ ऋण लिएको दाबी गरिएको छ। ‘अहिले साँवा र ब्याजसहित करीब १० लाख माग्दा तिर्न सकिन,' जाहिरा सुनाउँछिन्।

शेषको सम्पतिको नाममा ५ धुर घडेरी र कच्ची घर मात्रै थियो। शेषका ४ छोरी र २ छोरा छन्। जाहिराले केही वर्षअघि एजेन्ट ठाकुर राति-राति घरमा आउने र ऋण छोडिदिने भन्दै राख्ने गरेका अनैतिक सम्बन्धको प्रस्ताव आफूले नमान्दा अहिले रिस फेरेको आरोपसमेत लगाइन्।

यता ठाकुरले भने शेष परिवारको घर आफूले नभई अदालतले भत्काएको बताए। उनले भने, ‘मैले कागज अनुसारको मुद्दा अदालतमा हालें, फैसला भयो। अहिले त्यही आफ्नो फैसलाअनुसार महोत्तरी जिल्ला अदालतले कार्यान्वयन गराएको हो। प्रहरी, प्रशासन र डोजर अदालत कै आदेशमा आएका हुन् , मैले केही गरेको छैन।’

म्यानपावर एजेन्ट बद्री ठाकुर।

घर भत्काउन नजिकको रामगोपालपुर र लोहारपट्टीस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी परिचालित भए पनि जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने घटनाका सम्बन्धमा अनभिज्ञता प्रकट गरे। ‘पीडितबाट कुनै उजुरी आएको छैन, त्यसैले कुनै कारबाही हुने कुरा भएन, उजुरी आए खोजीनीति गरिनेछ,’ प्रहरी उपरीक्षक अधिकारीले भने।

यस विषयमा तत्कालीन समयमै पनि सामाजिक रुपमै छलफल पनि भएको कविलाशावासी बताउँछन्। तर, ठाकुरले भने यसलाई स्वीकारेनन्।

भंगहा नगरपालिकाका नगर प्रमुख सञ्जीवकुमार साहले आफूले दुवै बीचको लेनदेनको मुद्दा मिलाउन ३ पटक पहल गरेको बताए। ‘पछि जोडर लगाएर घर भत्काएको घटना सुन्दा दुःख लागेको छ,’ उनले भने।

मानव अधिकार रक्षक सञ्जाल महोत्तरीका सचिव रञ्जन भण्डारीले यसरी चाडपर्वको बेला कसैलाई घरबारविहीन बनाउनु सरासर मानव अधिकार उल्लंघन भएको बताए। उनले यस सन्दर्भमा छानबीन गरिनुपर्ने र दोषिमाथि कारबाही हुनुपर्ने माग गरे।

प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  ०९:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्