काठमाडौं- कलाकारका हरेक गतिविधिमा दर्शक चासो राख्छन्।
सेलिब्रेटी कलाकारले के खान्छन्, के लाउँछन्, कहाँ–कहाँ जान्छन् भन्ने विषयमा पनि जान्न फ्यान उत्सुक हुन्छन्।
यसपल्ट हामीले फिल्म ‘लुट-२’मा ‘ठमेल बजार’बोलको गीतमा नाचेर एकाएक चर्चामा आएकी पछिल्लो समयकी व्यस्त मोडल एलिसा राईसँग छोटो खानपिन संवाद गरेका छौंः
खानपिनमा कतिको सौखिन हुनुहुन्छ?
आइ लभ ‘फुड्स’। मलाई भिन्न–भिन्न ठाउँमा गएर भिन्न–भिन्न परिकारका खाना खान मनपर्छ।
विशेष गरी कस्तो खाना मनपर्छ ?
विशेषगरी मलाई सादा खाना मनपर्छ। धेरै तेल र मसला भएको खाना मनपर्दैन।

बिहान, दिउँसो र बेलुकीमा कस्तो खाना खान रुचाउनुहुन्छ?
विहान अलि हेभी ब्रेकफास्ट खान्छु। दिउँसो र बेलुका ‘लाइट’ खानेकुरा खान्छु। धेरैजसो फलफुल खाइरहेको हुन्छु।
जंकफुड कत्तिको रुचाउनुहुन्छ?
जंकफुडहरु एकदमै मनपर्छ। मःम धेरै खान्छु।
ड्रिंक्समा के पिउन रुचाउनुहुन्छ?
मलाई फ्रेस जुस एकदमै मनपर्छ। दिनहुँः पिइरहेको हुन्छु।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।