सशस्त्र प्रहरीका ३ एआइजीको सरुवा

नेपाल लाइभ | २०७६ श्रावण १९ आइतबार | Sunday, August 04, 2019 १५:३९:०० मा प्रकाशित

काठमाडौं– सरकारले सशस्त्र प्रहरी बलका तीन जना एआइजीहरुको सरुवा गरेको छ । 

प्रहरी कार्य तथा सीमा सुरक्षा विभागमा कार्यरत एआइजी पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । 

त्यसैगगरी मानव स्रोत विभागमा कार्यरत रहेका अर्का एआइजी नारायण बहादुर थापालाई सीमा सुरक्षा विभागमा र सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआइजी रामशरण पौडेललाई मानव स्रोत विभागमा सरुवा गरिएको हो ।