काठमाडौं- तेस्रो पूर्वाधार सम्मेलन भदौ २५ र २६ मा काठमाडौंमा हुने भएको छ।
नेपाल सरकार, नेपाल उद्योग परिसंघ (सिएनआई) र युवा समुदायको लागि नेपाली कन्ट्र्याक्टर्स्को संयुक्त आयोजनामा तेस्रो पूर्वाधार शिखर सम्मेलन आयोजना हुन लागेको हो।
सम्मेलनको प्रमुख अथिति प्रधानमन्त्री केपी शर्मा ओली हुनेछन्। साथै सम्मेलानमा दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हाङ सिउङसोसमेत सहभागी हुने परिसंघले जनाएको छ।
नेपालको मुल आवश्यकता र शक्तिको क्षेत्रमा ठूलो मात्रामा निजी लगानी आकर्षित गर्ने उद्देश्यका साथ गर्न लागिएको सम्मेलनले यस क्षेत्रको बलियो नेटवर्क, गठबन्धन र साझा वृद्धि गर्नमा टेवा पुग्ने परिसंघले विश्वास लिएको छ।
सम्मेलनले उर्जा, पर्यटन, सहरी विकास, यातायात, खानेपानी तथा सिँचाइ र कृषि क्षेत्रको लगानी विस्तारमा जोड दिने संघको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।