सोमर्स्बी र गायक सुशान्त केसीबीच सहकार्य

नेपाल लाइभ | २०७६ श्रावण १७ शुक्रबार | Friday, August 02, 2019 ११:१५:०० मा प्रकाशित

काठमाडौं– सोमर्स्बी एप्पल साइडरले गायक सुशान्त केसीलाई ब्रान्ड एम्बेसडर घोषणा गरेको छ। सोमर्स्बीले उनलाई एक वर्षका लागि ब्रान्ड एम्बेसडर बनाएको हो।

नेपाली युवामाझ प्रचलित पेय ‘सोमर्स्बी एप्पल साइडर’ र गायक सुशान्त केसी बीचको यो सहकार्यले फ्रेन्डसीप महिनालाई अझै सुरिलो र यादगार बनाउने गोर्खा ब्रुअरी प्रालिका मार्केटिङ्ग डाइरेक्टर बैभव शर्माले बताए।

उनले भने, ‘यो फ्रेन्डसीप महिनामा उपभोक्ताले उहाँको सांगीतिक धुनसँग रम्दै र मस्त रहँदै चिसो सोमर्स्बीको साथमा अझै नयाँ सम्झनाहरु यादगार बनाउने छन्, ‘उनले भने।

सोमर्स्बी नेपाली बजारमा उपलब्ध रहेको एक मात्र एप्पल साइडर हो। गोर्खा ब्रुअरी प्रालिले मे २०१६ मा यो पेय सार्वजनिक गरेको हो।