हिमालय एयरलाइन्सको ढाका उडान सुरु

नेपाल लाइभ | २०७६ श्रावण ६ सोमबार | Monday, July 22, 2019 १८:२८:०० मा प्रकाशित

काठमाडौं- निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्सले बंगलादेशको ढाका उडान सुरु गरको छ।

एयरलाइन्सले सोमबार (आज) बाट ढाका उडान सुरु गरेको हो। प्रिमियम इकनोमी क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको एयरबस ए३२०–२१४ को न्यारोबडी जहाजले सेवा सुरु गरेको हो।

मंगलबार, बुधबार र शनिबार गरी हप्तामा तीन दिन उडान हुनेछ।