अविरल वर्षापछिको बाढीपहिरोमा मृत्यु हुनेको संख्या ९० पुग्यो

नेपाल लाइभ | २०७६ श्रावण २ बिहीबार | Thursday, July 18, 2019 १४:२३:०० मा प्रकाशित

बुधबार हेलिकोप्टरबाट देखिएको डुवानपछिको रौतहट।


काठमाडौं- प्राकृतिक विपत्तिमा परेर मर्नेहरुको संख्या ९० पुगेको छ।

गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार हालसम्म ३ हजार ६ सय ६६ जनाको उद्दार गरिएको छ। २९ जना बेपत्ता भएका छन् भने ४१ जना घाइते भएका थिए।

घाइतेमध्ये ११ जनाको उपचार भइरहेको र अन्य व्यक्ति उपचारपछि घर फिर्ता भइसकेको गृह मन्त्रालयले जनाएको छ।

लगातारको वर्षाका कारण गएको बाढी र पहिरोका कारण देशभरका जनता प्रभावित भएका थिए। खासगरी तराईका जिल्लाहरुमा बाढी तथा डुवानले धेरै क्षति पुर्‍याएको थियो। पहाडी क्षेत्रमा भने पहिरोले बढी क्षति पुगेको थियो।