काठमाडौं- नेपाल कानुन आयोगले संविधान र राज्यको निर्देशक सिद्धान्त प्रतिकूल हुनेगरी कानुन निर्माण नगर्न सरकार र संघीय संसद् दुवैलाई आग्रह गरेको छ।
नेपाल कानुन आयोगका अध्यक्ष माधवप्रसाद पौडेलले संघीय संसद्को विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा कानुन निर्माण गर्दा संविधान र राज्यको निर्देशक सिद्धान्तको ख्याल राख्न पनि सरकार र संघीय संसदको ध्यानाकर्षण गराएका हुन्।
उनले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धलाई समन्वयात्मक ढंगले अघि बढाउने गरी कानुन निर्माण गर्नुपर्ने पनि बताए। विधेयकमा आएको अन्तरभावनालाई संघीय संसद्ले संविधान प्रतिकूल हुने गरी छलफल गर्न नहुने पनि अध्यक्ष पौडेलको भनाइ छ।
अध्यक्ष पौडेलले संघीय संसद्लाई प्रदेश र स्थानीय तहसँग सहकार्य हुने गरी कानुन निर्माण गर्ने अधिकार रहेको पनि स्मरण गराए। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।