काठमाडौं– नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको स्थानीय टेलिफोन तथा पोष्टपेड मोबाइल बुधबारबाट कम दरमा उपलब्ध हुने भएको छ।
आर्थिक विधेयक, २०७६ को दफा १४(१) मा व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट ५ सय मात्र लिने व्यवस्था भएपछि कम दरमा उपलब्ध हुने भएको हो।
जसअनुसार अब एक हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन र ९ सय ४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सकिने छ।
यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोष्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउनु पर्दथ्यो।
उक्त विधेयकको कार्यान्वयन सँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम भएको छ।
यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो भने अब जम्मा ६ सय ७८ रुपैयाँ मात्र भुक्तानी गर्नु पर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।