काठमाडौं- हिमालयन बैंक संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत 'टिच फर नेपाल'लाई ५ लाख रुपैयाँ सहयोग गरेको छ। ग्रामीण क्षेत्रका समुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुर्याउने गरी ५ लाख रुपैयाँ सहयोग गरेको हो।
बैंकले गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षक पठाउन भन्दै रकम सहयोग गरेको जनाएको छ।
सहयोग सम्बन्धी सम्झौतामा प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले उक्त रकम संस्थाका प्रमुख कार्यकारी अधिकृत शिसिर खनालाई हस्तान्तरण गरेका हुन्।
टिच फर नेपालले ६ जिल्लाका ६७ वटा विद्यालयका २ सय ७० जना स्वयंसेवक शिक्षकले ३० हजारभन्दा बढी विद्यार्थीहरूलाई विज्ञान, गणित, अंग्रेजीलगायतका विषय पढाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।