• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस र राजपाबीच कार्यगत एकताको सहमति, सरकारविरुद्ध सशक्त प्रतिवाद गर्ने

64x64
नेपाल लाइभ शुक्रबार, असार २७, २०७६  १५:०५
1140x725

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) बीच सरकारविरुद्ध सहकार्य गर्ने सहमति भएको छ। 

सरकारले संसदमा प्रस्तुत गरेका विवादित विधेयक र नागरिक हत्यामा सरकारको रवैयाविरुद्ध संसद र सडकसम्म प्रतिवाद गर्ने गरी अलिखित सहमति भएको छ। कांग्रेसका प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँण र राष्ट्रियसभाका दलका नेता सुरेन्द्र पाण्डेको पहलमा राजपासँग सहकार्य गर्ने पहल अघि बढेको थियो। 

दुई दलका दोस्रो तहका नेताहरुसँग वार्ता गरिसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवा र राजपा अध्यक्ष मण्डलका चार नेताको बैठक बसेको हो। खाँण र पाण्डेले प्रारम्भमा राजपाका अध्यक्ष मण्डल मध्येका अनिल झासँग सरकारको विरुद्धमा कार्यगत एकता गर्ने विषयमा वार्ता गरेका थिए। कांग्रेस प्रमुख सचेतक खाँणले भने, ‘अनिलजीको फोन आइसकेपछि हामी दुईले भेट्यौं।’

गत सातादेखि आन्तरिक सहमति भए पनि कांग्रेस पक्षले विषयलाई बाहिर ल्याउन चाहेको थिएन। 

किन त?

खाँण भन्छन्, ‘राजपामा अध्यक्ष मण्डलमा ६ जना नेता छन्। दुई नेतासँग मात्रै भेट भएको थियो। राजपाभित्र पनि त्यसको गम्भीर प्रभाव पर्ला भन्ने भयो।’

झासँग वार्ता गरिसकेपछि सोही दिन खाँण र पाण्डेले पार्टी सभापति देउवालाई ब्रिफ्रिङ गरेका थिए। देउवालाई जानकारी गराएसँगै राजपाका अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर, झा र राजकिशोर यादव सहितका नेता देउवा निवास बुढानीलकण्ठ पुगे। देउवा निवासमा असार २१ मा यसबारे छलफल भएको थियो। कांग्रेस र राजपाका नेताबीच देउवा निवासमा भएको वार्तालाई पनि कांग्रेस पक्षले जानकारीमा ल्याउन चाहेको थिएन। 

राजपाका नेताहरु शरतसिंह भण्डारी, महेन्द्र राय यादव र राजेन्द्र महतो उक्त बैठकमा अनुपस्थित थिए। उनीहरु बैठकमा सहभागी नभएका कारण कांग्रेसले वार्ताको विषय बाहिर नल्याएको खाँण बताउँछन्।

Ncell 2
Ncell 2

कांग्रेसले उक्त विषयलाई राजपाले बाहिर ल्याइदेओस् भन्ने भित्री इच्छा राखेको थियो। साथै, प्रतिनिधिसभामा दुई दलबीच देखिएको प्रस्तुतिको माध्यमले कार्यगत एकता देखिने अपेक्षा कांग्रेसको थियो। कांग्रेसको सोच मुताविक नै राजपाका अध्यक्ष मण्डलका नेता झाले दुई दलको कार्यगत एकताको छलफलबारे जानकारी बाहिर ल्याए। खाँणले भने, ‘कांग्रेसको पक्षबाट बाहिर नआओस् भनेर नै विषय लिक नगरिएको हो।’

कार्यगत एकताको सन्देश दुई पार्टीले प्रतिनिधिसभाका दुई बैठकमा देखाइसकेका छन्। सर्लाही घटनाको सन्दर्भमा दुई पक्षले एउटै स्वर गरेका छन्। स्थानीय तहमा भएको सहमति तत्कालको क्षतिपूर्तिको सन्दर्भमा भएको उल्लेख गर्दै खाँणले भने, ‘न्यायिक उपचार नभईकन संसद बैठक चल्न सक्दैन।’ 

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका सर्लाहीका नेता कुमार पौडेलको इन्काउन्टर र सर्लाही ईश्वरपुरका १३ वर्षीय बालकको मृत्युपछि भएको प्रदर्शनमा प्रहरीको गोली लागि मृत्यु भएका नारायण सिंह महतोको न्यायका पक्षमा संसदमा शसक्त प्रतिवाद गर्ने नेताहरु बीच सहमति भएको छ। 

वार्तालाई निरन्तरता दिने पक्षमा दुवैतर्फका नेतामा सहमति भएको छ। ‘सरकारले प्रस्तुत गरेका प्रतिकूल विधेयक, सरकारका अलोकतान्त्रिक गतिविधि रोक्नका लागि दुई दलमा एक स्थानमा भएका छौं’, खाँणले भने, ‘पहिलो चरणमा संसदमा सहकार्य गर्ने सहमति बनेको छ। सदनपछि सडकमा जाने थप वार्ता होला।’

बुधबारको संसद बैठक सभामुखले बलपूर्वक सञ्चालन गरे पनि सोमबार बस्ने बैठक बस्नै नदिने कांग्रेसको तयारी छ। प्रमुख सचेतक खाँणले भने, ‘सरकारको छायाँको रुपमा सभामुख देखिनुभएको छ। सर्लाहीमा भएका घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि संसदीय समिति गठन नहुन्जेल संसद चल्न दिदैनौं।’ सभामुखलाई पनि यसबारे जानकारी गराइसकेको उनको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी साथै समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा समेत विचार(विमर्श हुने र केही महत्वपूर्ण निर्णय हुन सक्ने स्रोतले जनाएको छ। बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको छ। बिहीबार, माघ १५, २०८२
काँग्रेसले मात्रै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको विश्वप्रकाश शर्माको दाबी रामेछापमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन् । बिहीबार, माघ १५, २०८२
ताजा समाचारसबै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ १५, २०८२
सेयर बजारमा साढे १७.५३ अंकको गिरावट बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह बिहीबार, माघ १५, २०८२
जापानी भाषा परीक्षा विरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्