रौतहट:माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकता खण्डित पार्ने प्रयास भएकाले सचेत रहन अपिल गरेका छन्।
पहाडविरुद्ध मधेसर मधेसका विरुद्ध पहाड उचालेर राष्ट्रिय एकता खण्डित पार्न केही शक्ति लागेको भन्दै अध्यक्ष प्रचण्डले सचेत हुन सबैलाई आग्रह गरे। बिहीबार रौतहटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिमाल, पहाड र मधेस मिल्दा मात्रै राष्ट्रियता मजबुत हुने भन्दै राष्ट्रिय एकताको पक्षमा उभिन आह्वान गरे। 'पहाड-मधेसका जनता भिडाएर राजनीतिक स्वार्थ पूर्ति गर्ने अतिवादी र नश्लवादीहरुलाई चिन्नुस्, पहिचान र राष्ट्रिय एकताको पक्षमा उभिनुस्,' उनले भने।
दुई नम्बर प्रदेशमा हुन लागेको आसन्न स्थानीय चुनाव लक्षित गर्दै माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई नै अघि सारेर मधेस अभियान सञ्चालन गरिरहेको छ। त्यही अभियानका क्रममा चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड रौतहट आइपुगेका हुन्। रौतहटको गौर, राजपुर, गरुडा र कनकपुरमा आयोजित चुनावीसभामा उनी सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।