काठमाडौँ- जर्मन सरकारले समाजिक संजाल फेसबुकलाई २३ लाख अमेरिकी डलर जरिवाना गरेको छ।
जर्मन अधिकारीले घृणास्पद अभिव्यक्ति विरुद्ध लड्न बनाइएको कानुन अन्तर्गत फेसबुकलाई उक्त जरिवाना गरेको बताएको अमेरिकी पत्रिका टाइमले उल्लेख गरेको छ।
मंगलबार संघीय न्याय कार्यालयले समाजिक संजाल फेसबुकले घृणास्पद अभिव्यक्ति विरुद्धका उजुरीमाथि आवश्यक पारदर्शिता नअपनाएको आरोप लगाएको छ।
उक्त कार्यालयले जात र धर्मका आधारमा कुनै व्यक्ति वा समूह विरुद्धका सामग्रीप्रति परेका उजुरीमाथि फेसबुकले चित्तबुझ्दो कदम नचालेको पनि आरोप लगाएको छ।
घृणास्पद अभिव्यक्ति विरुद्ध परेका उजुरीमाथि काम गर्ने कर्मचारीको भाषागत दक्षता र तालिमबारे पनि अपूर्ण सूचना मात्रै उपलब्ध गराएको अरोप फेसबुकमाथि छ।
तर, फेसबुकले भने उक्त जरिवानाप्रति कुनै प्रतिक्रिया दिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।