• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

'भ्वाइस अफ नेपाल' विवाद : अभयाले भनिन्- तल्लोस्तरको व्यवस्थापन, के भन्छन् निर्देशक?

'सबै मान्छे सबै कुरामा पर्फेक्ट हुँदैनन्'
64x64
नेपाल लाइभ शुक्रबार, असार १३, २०७६  १८:५०
1140x725

काठमाडौं- ठूलै हल्लाखल्लाका साथ सुरु भएको ‘द भ्वाइस अफ नेपाल’ले खुब चर्चा पनि कमायो। कान्तिपुर टेलिभिजनबाट प्रसारित 'रियालिटी शो'ले धेरै प्रतिभालाई अवसर पनि दियो। जब सिजन-२ को घोषणा भयो, एकाएक यो शो विवादमा तानियो। 

यसभित्रका केही कारण छन्।

'सरप्राइज'सहित घोषणा भएको सिजन-२ मा नयाँ कोचका रुपमा राजु लामा र आस्था राउत ‘इन’ भए, पुराना कोच सनुप पौडेल र अभया सुब्बा बाहिरिए। बाँकी दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेल यथावत् रहे।

दुई कोच ‘आउट’ भएपछि सांगीतिक क्षेत्रमा चासो राख्नेहरुले जवाफ चाहे– किन हटाइयो सनुप र अभयालाई? 

संगीत बजारमा अनेकथरी चर्चा चलिरहेका बेला अभयाले आफ्नो युट्युब च्यानलमार्फत भ्वाइसलाई ‘डियर भ्वाइस नेपाल’ सम्बोधन गर्दै आफू निकालिनुको चित्तबुझ्दो जवाफ मागिन्। जसले विवादलाई झनै तन्काइदियो।

‘मलाई यो भिडियो बनाउनु त मन थिएन तर, बाध्यता नै पर्‍यो। मलाई धेरै प्रश्न सोधिरहेका छन्, यो सिजनमा किन हुनुहुन्न?’ चार दिनअघि सार्वजनिक भिडियोमा अभयाले भनेकी छन्, ‘म कमजोर मान्छे होइन, चुप लागेर बस्ने मान्छे होइन। विचरा अभया भ्वाइसमा छैन भन्ने कुरा सुन्नुछैन। बलियो भएर बस्नु महत्वपूर्ण कुरा हो। म विचरा होइन। म मरेको छैन। जीवितै छु। मलाई मरेको जस्तो व्यवहार नगर्नुस्। मलाई मेरो पक्षबाट कुरा क्लियर गर्नुछ।’

भ्वाइसका नेपाल निर्देशक लक्ष्मण पौडेलले एक अनलाइन पत्रिकासँगको कुराकानीमा हेडक्वार्टरले नराख्नु भनेका कारण आफू हटाइएको प्रस्टीकरण दिएपछि आफू बोल्न बाध्य भएको अभयाले भिडियोमा बताएकी छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘मैले यस विषयमा पहिला नै ह्युमन रिसोर्सकी सदीक्षासँग कुरा गरिसकेको थिएँ,’ उनले प्रस्ट पार्दै भनेकी छन्, ‘सेप्टेम्बरमा मेरो कन्सर्ट हुँदैछ। हाम्रो ब्यान्डलाई पनि बोलाएको छ। मेरो ब्यान्डको लागि यो मौका नै थियो। त्यतिखेर मौखिक सम्झौता भइसकेको थियो। सदीक्षाले जाँदा फरक पर्दैन भनेकी थिइन्। ब्यान्डको सपना हुन्छ सँगै यात्रा गर्ने, म त खुसी नै थिएँ।’

भ्वाइसको फिनाले हुनुअघि आफूले निर्देशक लक्ष्मण पौडेल, सुशील नेपाल, प्रह्लाद महतसँग छलफल गरेको उनले खुलाएकी छन्। 'सबैले जानुस् नै भनेका हुन्,’ उनको थप गुनासो पोखेकी छन्, ‘म अनुमति मागेरै गएकी थिएँ। हेडक्वार्टरलाई उहाँहरुले त्यो खबर गरिदिनुभएनछ। मसँग प्रमाण पनि छ। भ्वाइसमा रक संगीत चाहिँदैन भनेर भन्नु भए मलाई चित्त बुझ्थ्यो। त्यहाँ रक म्युजिक गर्ने कोही छैन। इंग्लिस गीत चाहिएन भनेको भए पनि हुन्थ्यो। यस्तो नचाहिने कारण देखाउनुभयो। डियर भ्वाइस नेपाल, राम्रो कारण देखाइदिनुस्।’ 

अभयाको प्रश्नमा निर्देशकको जवाफ 
अभयाले मागेको प्रश्न र जिज्ञासाबारे नेपाल लाइभले निर्देशक लक्ष्मण पौडेललाई सोधेको थियो। तर उनले आफूले भिडियो नहेरेको प्रतिक्रिया दिए।

‘६–७ दिनयता सुटिङमा व्यस्त भएकाले मैले भिडियो हेरेको छैन। तर जहाँसम्म हटाइएको विषय छ, खासमा उहाँलाई एउटा सिजनका लागि सम्झौता गरिएको थियो। पुनः सम्झौता नभएपछि खबर गर्न जरुरी नै हुँदैन,' उनले भने, 'विश्वव्यापी फर्म्याट हेर्नुभयो सबै देशले सिजनैपिच्छे एक–दुई जना कोच परिवर्तन गर्ने गर्छन्। त्यही अनुरुप परिवर्तन भएको हो।’ 

सिजन–३ मा अभयालाई राख्न सकिने उनले संकेत दिए।

खराब व्यवस्थापन नै कारक! 
अभयाले भिडियोमार्फत आफू निकालिएको गुनासो मात्रै पोखेकी छैनन्, द भ्वाइसमा देखिएको खराब व्यवस्थापनको पोल पनि खोलेकी छन्। 

आफू निकालिनुको कारण पनि त्यही खराब व्यवस्थापनको प्रभाव रहेको उनको भनाइ छ। ‘भ्वाइसको समस्या नै फितलो म्यानेजमेन्ट हो,’ उनले भनेकी छन्, ‘तल्लो स्तरको म्यानेज्मेन्ट छ त्यहाँ। मैले युरोप यात्रा त्यागेर भ्वाइसको कोच हुनलाई बसेकी थिएँ। उनीहरुले त्यो योगदान भुलेछन्। म त ब्यान्डमा छु। सनुप र मैले त चालै पाएनौं, हामी भ्वाइसबाट कहिले निकालियौं भनेर। मैले सुशीललाई सोधेको पनि थिएँ, उहाँले केही थाहा नभएको बताउनुभयो।’

अन्तर्राष्ट्रिय शो भएकाले त्यही अनुसार व्यवस्थापन हुन नसकेको उनको चित्तदुखाइ छ। ‘पहिलो सिजनमा म धेरै खटेकी थिएँ। जो धेरै खट्छ, उसलाई निकाल्दो रहेछ के हो?' उनले खुलेरै भनेकी छन्, 'त्यहाँ खराब व्यवस्थापन छ। किनकि बिहान ७ बजे गयो खाना पनि रातको ७ बजे पाइन्छ। खाना दिए वा दिएनन्, त्यो आफ्नो ठाउँमा होला। मुखले हामी परिवार जस्तै हो भन्नुहुन्थ्यो। यदि हामीलाई सम्मान गर्नुहुन्थ्यो भने बोलाएर 'तपाईंहरु दोस्रो सिजनमा हुनुहुन्न है' त भन्नु त पर्थ्यो!’

अभयाले कमजोर व्यवस्थापनप्रति ‌औंलो उठाएपछि हामीले निर्देशक पौडेललाई सोध्यौं, 'अभयाजीले भनेअनुसार तपाईंहरुको व्यवस्थापन त तल्लोस्तरको रै'छ है?’

'ठिकै छ नि त त्यसो भए, तल्लोस्तरकै मान्दिऊँ,' पौडेलले आफ्नो बचाउ गर्दै भने, 'खराब व्यवस्थापन पनि कतै भयो होला। सबै मान्छे सबै कुरामा पर्फेक्ट हुँदैनन्। तर, उहाँ साँच्चिकै हाम्रो शुभचिन्तक हो भने जे कुरा उहाँले टेलिभिजनमा भन्नुभयो, त्यो हामीलाई भेटेरै भनेको भए राम्रो हुन्थ्यो। योयो सुधार्नु है भन्नुभएको भए राम्रो हुन्थ्यो।’

भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेल

अभयाको आरोप आफूले कोचमा निरन्तरता नपाएपछिको ‘रि–एक्सन’ रहेको बताउँछन् उनी। ‘दर्शकले त रुचाएकै हो,’ उनले भने, ‘उहाँको नजरमा खराब र तल्लोस्तरको भयो भने त्यसमा त मेरो भन्नु केही छैन। म यसमा प्रतिवाद गर्न चाहन्नँ।’

खुल्यो पारिश्रमिक विवाद पनि
अभयाले उठाएका प्रश्नहरुमा ‘भ्वाइस अफ नेपाल’ पहिलो सिजनका सहायक निर्देशक एवं आइटी हेड फिरोज तिमल्सिनाले समेत सहमति जनाएका छन्। 

‘यो मैले धेरैअघि बोल्नुपर्थ्यो तर तपाईंले हिम्मत गर्नुभएकोमा म खुसी छु,’ भिडियो सेयर गर्दै उनले लेखेका छन्, ‘तपाईंले उठाएका हरेक वैध प्रश्नहरुसँग मेरो सहमति छ। मैले पनि यो शो छाड्नुको कारण टिमभित्रको आन्तरिक द्वन्द्व नै थियो।’ 

उनको फेसबुक स्टाटस यतिमै सीमित छैन, आफूले पहिलो सिजनबाट पाउनुपर्ने पारिश्रमिक अहिलेसम्म नपाएको रहस्यसमेत खुलाएका छन्। उनले शोका कार्यकारी निर्माताद्वय सुशील नेपाल र प्रह्लादसिंह महतलाई सय पटकजति सम्पर्क गर्दा पनि उनीहरुले रेस्पोन्स नगरेको उल्लेख गरेका छन्। ‘मैले मात्रै होइन मेरा अभिभावकले पनि उनीहरुलाई एक हजार पटकजति कल गर्नुभयो तर उनीहरुले सधैं बहाना बनाए।’ 

यस विषयमा निर्देशक पौडेलसँग जिज्ञासा राख्दा उनले फिरोजले पारिश्रमिक नपाएको स्टाटसबारे आफू प्रस्ट हुन नसकेको बताए। ‘उहाँको फुल पेमेन्ट भए जस्तो लाग्छ,’ उनले भने, ‘मैले अफिसमा कल गरेर बुझ्दा पनि लिनुपर्ने कति थियो, केको पैसा नपाउनुभएको हो त्यसमा कन्फ्युजन रहेको पाइयो। उहाँले प्रस्ट पारिदिए हुने।’

गायनमा आधारित रियालिटी शोको दोस्रो सिजन भने हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ। विश्वस्तरको फ्रेन्चाइज शोका रुपमा रहेको 'द भ्वाइस अफ नेपाल'को पहिलो संस्करणमा सिडी विजय अधिकारी विजेता बनेका थिए।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६  १८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनजी सहिद परिवारद्वारा अक्षय गोल्याण सम्मानित, भने– ‘सहिदहरूले आफ्नो कर्तव्य पूरा गर्नुभयो, अब हाम्रो पालो’
प्रधानमन्त्रीको अमेरिका भ्रमणदेखि मिटरब्याज विधेयकसम्म : मन्त्रिपरिषद्का यस्ता छन् निर्णय
शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
जेनजी सहिद परिवारद्वारा अक्षय गोल्याण सम्मानित, भने– ‘सहिदहरूले आफ्नो कर्तव्य पूरा गर्नुभयो, अब हाम्रो पालो’ बिहीबार, भदौ २५, २०८३
प्रधानमन्त्रीको अमेरिका भ्रमणदेखि मिटरब्याज विधेयकसम्म : मन्त्रिपरिषद्का यस्ता छन् निर्णय बिहीबार, भदौ २५, २०८३
शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त बिहीबार, भदौ २५, २०८३
पाँच जिल्लाका १७ हजार ४३८ गरिब परिवारको सूची स्वीकृत बिहीबार, भदौ २५, २०८३
मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक ल्याउन सरकारलाई सैद्धान्तिक स्वीकृति बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्