सुर्खेत- आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा ४ सय ३० उद्योग दर्ता भएका छन्।
सबैभन्दा बढी सेवामूलक उद्योग १ सय ३४ वटा दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिको तथ्यांक छ । उत्पादनमूलक ७२, कृषि तथा वनजन्य १७०, पर्यटन उद्योग ८२ तथा ७२ वटा निर्माण उद्योग दर्ता भएका छन्।
त्यसैगरी फर्निचर उद्योग, पोल्टी फर्म, वर्कसप, दूध डेरी, मौरीपालन तथा जडीबुटी लगायत उद्योग दर्ता भएका छन् । अघिल्ला आर्थिक वर्षको तुलनामा यस वर्ष उद्योग दर्ताको संख्या बढेको कार्यालयका वरिष्ठ लेखा अधिकृत इन्द्रबहादुर थापाले बताए।
उद्योगका लागि आवश्यक मेसिन र औजारमा अनुदान सहयोग र विभिन्न तालिमको व्यवस्था गरेपछि उद्योगको संख्या बढेको थापाको भनाइ छ।
यस वर्ष नवीकरण नगरी निस्क्रिय रहेका ३८ वटा उद्योग खारेज भएका छन् । ढाका र नेपाली हाते कागज लगायत उद्योग कच्चा पदार्थको अभावमा बन्द भएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।